गहुँ लिएर जाँदै गर्दा ट्याक्टर दुर्घटना

गहुँ लिएर जाँदै गर्दा ट्याक्टर दुर्घटना

बन्गाड कुपिण्डे १ देवस्थलको माल्पेमा गहुँ लिदै गरेको भे १ त २२५८ ट्याक्टर दुर्घटना हुदाँ ६ जना घाईते भएका छन् । गहुँ लिएर आँपखोली हुदै माल्पे जानेक्रममा वेलुकी ८ वजेको समयमा ट्याक्टर दुर्घटना भएको जनाएको छ । ट्याक्टर दुर्घटना हुदाँ बन्गाड कुपिण्डे १ माल्पेका १४ वर्षिया विरेन्द्र वि.क.,१३ वर्षिया राम वहादुर वुढा,सोहि स्थानका वर्ष १६ कि पुष्पा वुढा,वर्ष ४६ की,सुकी वि.क.,वर्ष ४५ की भोटनी परीयार र वर्ष १३ का राम वहादुर रावत घाईते भएका छन् । घाईते ६ जनालाई भने सल्लीवजारमा रहेको जनबन्धु पोलिकिल्नीकमा सामान्य उपचार पछि थप उपचारको लागि नेपालगञ्ज लगिएको इलाका प्रहरी कार्यालय सल्लीवजारले जनाएको छ ।

प्रतिक्रिया