गोठमा बसेर दुई छोरीको भविष्य खोज्दै नैनसरा

गोठमा बसेर दुई छोरीको भविष्य खोज्दै नैनसरा

दुई छोरीलाई विद्यालय भर्ना पछि छोरीहरुसंग नैनसरा नेपाली ।                                                                                                                                                                              फोटो हिक्मत नेपाली

दैलेख– जिल्ला भर विद्यालय भर्ना अभियानको कार्यक्रमहरु तिब्र पारिएका थिए । प्रतिनीधि सभाका सांसद देखि जिल्ला तहका सरकारी तथा गैरसरकारी निकायहरुले अभियानलाई तिब्र पारिरहेका थिए । सोहि अभियानका लागि हामी गुराँस गाउँपालिका वडा नं. ६ पिलाडीको जोरेबाँझको जयजनता माध्यामिक विद्यालयमा पुग्यौ । हामी पुग्नु भन्दा अगावैै शिक्षक र विद्यालयमा भर्नाका लागि आएका बालबालिका र अभिभावकहरु बसिरहेका रहेछन् । विद्यालयमा उपस्थित भएका शिक्षक र बालबालिकाहरु हाम्रा लागि नयाँ थिए । त्यस मध्येका एकजना आधा उमेर ढल्केकी महिला र उनका दुई छोरीहरु हामीले महत्वपूर्ण ठान्यौ ।
रातो कुर्ता र सुरुवाल, सिउदोमा सिन्दुर, रातै सल साथमा दुई नाबालीका छोरी । उनको निन्याउरो अनुहार देख्यौ, त्यँहा छट्पटि र पिडा प्रष्टै झल्कीन्थ्यो । आसुँ र पीडाको अर्को रोदन देख्यौ । नक्कली हासोको सहारा लिई हास्न खोज्दै थिइन् । उनका पिडा बुझ्न खोज्यौ । हजारौ पिडाले गले जस्तै देखिने महिलालाई हामीले सोधिहाल्यौ । तपाईको नाम, उनको जवाफ ‘मेरो नाम नैनसरा नेपाली हो । हामीले अर्को पश्न गर्न नपाउदै उनी एकोहोरो बोल्दै थिइन यि मेरा दुई छोरीहरु हुन् ।’ हामीले बुझ्यौ छोरीहरुलाई विद्यालयमा भर्ना गर्न आएकी रहिछन् । उनको अनुहारमा देखिएको पिडा झनै खोतल्न खोज्यौ । उनी भन्दै गइन् हामी सुन्दै गयौ ।

“नैनसरा नेपाली भन्छिन, विष्टको गोठमा बसेर दिन धकेन्दै छु ।”

उनका एक छोरा र तिन छोरीहरु रहेछन् । १५ बर्षकी जेठी छोरी सपना नेपाली सुर्खेको एक सरकारी विद्यालयमा पढ्दै आएकी रहिछन् । ७ बर्षका छोरा सौरभ नेपाली पनि सुर्खेतकै सेडा स्कुलमा पढ्दै रहेछन् । जेठी छोरी र छोरालाई अंकलले पढाउदै आएको उनले सुनाइन् । अन्य दुई छोरीहरु सृजना नेपाली र फुलमाया नेपाली अहिले सम्म पनि विद्यालयमा जान सकेका रहेनछन् । श्रीमानको बारेमा केहि पनि जानकारी छैन् उनले भनिन् । हामी झनै आश्चर्यका प¥यौ, उनका सबै पिडाहरु खोतल्ने हामीले निधो ग¥यौ ।
श्रीमानले मदिरा अत्याधिक पिउने भएका कारण चार जना छोरा छोरीको परिवार नै विचल्लीमा परेको रहेछ । सुर्खेतको धुलियाविठमा बस्दै आएको परिवार बिचल्लीमा पर्नका कारण मदिरा रहेछ । उनका श्रीमान राजेन्द्र नेपाली दिनहुँ मदिरा सेवन गर्ने र परिवारको चिन्ता नै नगर्ने भएपछि दुई छोरीलाई संगै थिएर पिलाडी आएकी रहिछन् । श्रीमानले कहाँ के गर्दैछन् भन्ने थाहा नभएको उनले बताइन् । उनका श्रीमान अन्यत्रैबाट बसाईसरी सुर्खेतको धुलियाविठमा आएका रहेछन् । श्रीमानले सधै मदिरा सेवन गर्नुभयो, परिवारको चिन्ता कहिल्यै गर्नुभएन्, उनले भनिन, बर्षौै देखि यस्तो पिडा भोग्दै आएको भएपनि माइतीमा कोही नभएका कारण आउन सकेको थिइन् । उनले भनिन्, सहनै नसकेपछि माइती गाउँको शरणमा आएकी हुँ ।
पिलाडी उनको माइती गाउँ रहेछ । माइतीमा पनि कोही नभएको उनले सुनाइन् । श्रीमानले मदिरा सेवन गरि दिनहुँ कुटपिट गर्ने र छोराछोरीको भविष्यको चिन्ता नै नगर्ने भएपछि उनि माइतीगाउँको शरणमा आइपुगेकी रहिछन् । माइती गाउँमा आमा बुबा र दाजु भाईहरु नभएका कारण स्थानीय व्यक्तिको गोठमा बस्दै आएको नैनसराले सुनाइन् ।
‘अर्काको गोठमा बसेको छु, अर्काको भारी बोक्छु, दाउरा बोक्छु, बारी खन्छु, यस्तै यस्तै काम गरेर दुई छोरीलाई पालिरहेको छु’ त्यहि गोठमा बसेरै दुई छोरीहरु भविष्य खोज्दै छु, उनले भनिन ।
छोरीहरुको भविष्यका लागि भएपनि गाउँपालिका र वडाले आफुलाई केहि सहयोग गर्न आग्रह गरिन् । गाउँपालिकाले आफुलाई व्यवसायीक तालिम दिएको भएपनि यि दुई छोरीहरुको भविष्य खोज्न सहज हुने थियो, उनले भनिन् ।
उनका दुई छोरीहरुलाई जयजनता माध्यामिक विद्यालयमा भर्ना गरिएको छ । विद्यालय, गाउँपालिका र दैलेखको सामाजिक संस्थाको पहलमा सृजना नेपाली र फुलमाया नेपालीलाई विद्यालयमा भर्ना गरिएको हो । विद्यालयमा भर्ना गरिएका बालबालिकाहरुलाई विद्यालय पोषाक, झोला, कापी, कलम लगाएतका शैक्षिक सामग्री प्रदान गरिएको छ । छोरीहरुलाई विद्यालयमा भर्ना गरेपछि नैनसराले भनिन “मेरा दुई छोरीहरुको विद्यालय जाने रहर पुरा भयो । विद्यालय, गाउँपालिका र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले छोरीहरुलाई उच्च शिक्षा हासिल गर्नका लागि समेत सहयोग गर्न आग्रह गर्दै उनले भनिन ‘जाउँ भने कहाँ जाउँ, श्रीमानको ठेगान छैन्, जेठी छोरी र छोराको हेरचाह र अंकलले गर्नुभएकै छ, उनले भनिन ‘दुई साना छोरीहरुको भविष्य यहि माइती गाउँमा खोज्छु ।’

प्रतिक्रिया