१ सय ५७ जना आँखाका बिरामीको अप्रेसन

१ सय ५७ जना आँखाका बिरामीको अप्रेसन

दैलेख बैशाख १२-सामुदायीक आँखा उपचार केन्द्र दुल्लूले आयोजना गरेको आँखा शिविरमा १ सय ५७ जना आँखा रोगीहरुको उपचार गरिएको छ । आखाँका विरामीहरुको उपचारका लागि दुल्लूमै आयोजना गरिएको शिविरमा १ सय ५७ जनाको आँखाको शल्यक्रिया गरिएको हो । तिन दिन सम्म संचालन भएको मोतिबिन्दु अप्रेशन शिविरमा १ सय ५७ जना बिरामीको अप्रेशन भएको छ ।

सबै भन्दा बढी उमेरका दुल्लू नगरपालिका वडा नं १० का ८६ बर्षिया काजयबहादुर कुवँर र सबै भन्दा कम उमेरका भैरवी गाउपालिकाका वडा नं ३ बस्ने ३० बर्षिया तुल्सा उपाध्यायको सफल अप्रेशन भएको उपचारमा संलग्न डा. देबराज भारतीले जानकारी दिए । उमेरले नेटो काटिसकेका जयबहादुरको आखाँ खुल्दा उनलाई संसार जिते जस्तै लागेको प्रतिक्रिया दिए ।बुढेसकालमा अरुको सहायताले हिडडुल गर्थे, आँखाको अप्रेसन भएपछि अब आफै देख्ने भएको छु, उनले भने ।
आखाँ शिविरमा दुल्लू नगरपालिका र भैरवी गाउँपालिकाका विभिन्न वडाहरुमा छनौट शिविर संचालन गरी करिब ८ सय बिरामीहरुको आखाँ चेक जाँच गरिएको सामुदायीक आखाँ उपचार केन्द्रका प्रमुख डिलबहादुर थापाले बताए ।

आखाँ शिविरमा डा. देबराज भारती, डा. राजेस श्रेष्ठ, नेत्र सहायकहरु राम थापा, छन्दुलाल चौधरी, मनोज चौधरी, सन्दिप चौधरी, दलबहादुर चौधरी, सून्दर चौधरी, बादशाह खान लगायतका विशेषज्ञहरु संलग्न थिए ।
शिविरमा करिब ३० लाख बराबरको औषधी उपचार निशुल्क वितरण गरिएकोे आँखा शिबिर संचालन समितिका संयोजक टिकाराम कार्कीले बताए । विजया माध्यामिक विद्यालयले स्थानीय तहमै पटक पटक आँखा शिविरको आयोजना गरी सयौं नागरिकलाई उज्यालो संसार हेर्न सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद रिमालको भनाई थियो ।
नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उदेश्यले स्थानीय तहमै सञ्चालन गरिएको शिविरबाट जेष्ठ नागरिकले घरदैलोमै उपचार पाएको दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए । जेष्ठ नागरिक हाम्रा सम्पत्ति हुन,इतिहासका धरोहर हुन,जेष्ठ नागरिकको स्वास्थ्य उपचारको जिम्मा राज्यले लिनु पर्छ, उनले भने । दुल्लु नगरपालिका यस्ता नागरिकको संरक्षण गर्न लागि पर्ने भण्डारीको भनाई थियो ।
दुल्लू नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रमलाई फत्तेवाल आँखा अस्पताल नेपालगञ्ज बाँके र विजया माध्यामिक विद्यालय दुल्लूले प्राबिधिक तथा भौतिक सहयोग गरेका थिए ।

प्रतिक्रिया