बादी समुदाय भन्छन्, ‘कटेरोमा बस्ने दिन गए’

बादी समुदाय भन्छन्, ‘कटेरोमा बस्ने दिन गए’

सल्यान– कटेरामा बसेरै गुजारा गर्दै आएका सल्यान पश्चिम क्षेत्रका बादी समुदायलाई आवासको व्यवस्था गरिएको छ । सरकारले आवासको व्यवस्था गरेसंगै गास, वास र कपासको समस्यामा पिरोलिएका वादि समुदायलाई राहत मिलेको छ । गत आर्थिक वर्षमा भवन डिभिजन कार्यालय दाङ मार्फत २ लाख ३३ हजारको लागतमा २ कोठे भवन र सोहि पैसाबाट सौचालय निमार्णको लागि रकम विनियोजन गरिएको थियो । तर भवन शौचालय निमार्ण गर्दा २ लाख ३३ हजार रुपैयाँ अपुग हुने भएकोले समुदायका व्यक्तिहरुले आफै थप रकमको जोह गरेर काम सम्पन्न गरेका छन् ।

थप रकमको जोह गर्न नसकेकाहरु भने भवन शौचालयको २५ प्रतिशत काम बाँकी रहेको बताएका छन् ।बन्गाड कुपिण्डे १ बस्नेउराका विसराम वादिका अनुसार भवन डिभिजनले दिएको रकम अपुग हुदाँ थप २ लाख ५० हजार रुपैयाँ अपुग भएको जनाए ।
पश्चिम क्षेत्रमा वासोवास गर्ने वादि समुदायहरु स्थायी वास नहुदाँ टहरा र झुप्रामा दिन गुजारी रहेका थिए । राज्यले थोरै भए पनि वास व्यवस्थापनको लागि वजेटको व्यवस्था गरिदिएकोमा वडा ५ का पिउसल वादि खुसी व्यक्त गरे ।यस क्षेत्रमा वादि आवसको लागि सुविधा पाएका १७ घरधुरी रहेका छन् । विविध कारणवस अझै ७ घर यो सुविधाबाट वञ्चीत भएको स्थानीय विसराम वादिको भनाई रहेको छ । यस क्षेत्रमा २४ घरधुरीमा करिव ३ सयको हाराहारीमा वादि समुदायको संख्या रहेको छ ।
थागलको कटेरोमा दिन गुजरा चलाउँदै आएका केहि वादि जातीहरुको लागि घर निमार्णसँगै वासोवासमा सजिलो भएको छ ।
घर निमार्णको लागि प्रयाप्त रकम नभए पनि भवन डिभिजन कार्यालय दाङले प्रदान गरेको रकमले करिव ८० प्रतिशत काम सम्पन्न गरि प्रयोगमा समेत ल्याईसकेका छन् ।

प्रतिक्रिया