‘नमुना र गुणस्तरीय काम गर्नुहोस’

‘नमुना र गुणस्तरीय काम गर्नुहोस’

चामुण्डा (दैलेख) –चामुण्डाविन्द्रासैनी नगरपालिकाले नमुना र गुणस्तरीय काम गर्न जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले सुझाव दिएका छन । शुक्रबार चामुण्डाविन्द्रासैनी नगरपालिकाले विकास साझेदार निकायहरुका लागि आयोजना गरेको दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा यस्तो बताएका हुन । ‘चामुण्डाविन्द्रासैनी अन्य नगरपालिकाको तुलनामा नमुना गरेको प्रशंसा गर्दै, ‘अगामी दिनमा नमुना गर्नेछ ।’ उनले भने– आगामी दिनमा ठाउँ–ठाउँमा बाटो खोल्ने कामलाई प्रथामिकता नदिई भएका मुख्य बाटाहरुलाई थप स्तर उन्नती गर्न सुझाव दिए ।
द्वन्द्वको समयमा गैर–सरकारी संस्थाहरुले द्वन्द्व पीडितको घाउमा मलम लगाउने काम गरे । त्यो समयमा गैर–सरकारी संस्थाहरुले विकास निर्माणका कामलाई पनि उतिकै चासोका साथ हेरे । उनले भने,– प्रदेश सरकारले पनि एनजिओहरुसंग विकास साझेदारका कार्यमा हातेमालो गरेर अघि बढ्नुपर्छ ।
उच्च मुल्य कृषि विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले आयोजनाले आगामी दिनमा नगरपालिकासंग सहकार्य गर्ने प्रतिवद्धता जनाए । ‘नगरपालिकाले व्यवसायी र आधिककरण कृषिसंगै मुल्य श्रृखलामा ध्यान दिनेछ ।’ अब अर्गेनीक खेती संगै रैथाने बाली संरक्षणमा पनि ध्यान दिनुपर्ने आजको आवश्यकता हो ।’ उनले भने–
साथै कृषिलाई आधुनिकरण र व्यवसायिकरण बनाउनका लागि सिंचाईलाई प्रथामिकता दिन सुझाव दिए ।

‘तपाई लगानी गर्नुहोस, ‘सुरक्षा ग्यारेण्टी हाम्रो’

चामुण्डाविन्द्रासैनी नगरपालिका प्रमुख सुर्यबहादुर शाहीले लगानी कर्ताको सुरक्षाको ग्यारेण्टी नगरपालिकाले लिने प्रतिवद्धता जनाए । नगरपालिकाले एकद्धवार प्रणालीमा योजनाहरु लागु गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको उनले बताए । ‘तपाई लगानी गर्नुहोस, एउटै शिर्षकमा गर्नुहोस, ‘कार्यक्रममा दोहोरोपन ल्याउन गरी लगानी नगर्नुहोस ।’ उनले भने,–एउटा वडामा एउटा मात्र नमुना काम गरिदिनुहोस ।’ नगरपालिका तपाईहरुसंग सहकार्य गरी अघि बढ्न तयार रहेको उनको भनाई छ ।

साथै कृषिलाई व्यवसायिकरण गराउन आफुले ग्रागीको पानीको पोखरीमा, पोखरीको पानी बारीमा भन्ने नीति तय गरेको उनले जानकारी दिए । चामुण्डाविन्द्रासैनी नगरपालिकाले आयमुलक र बाटाहरुको नीति अघि सारेको उनले बताए । उनले भने, ‘हरियाल मात्रले सम्बृद्ध नगरपािलका निर्माण गर्न सकिदैन ।’ नगरपालिकाका बाटाहरुलाई आय मुलक बनाउदै छौ ।’ तपाई नगरपालिकालाई के सहयोग गर्नु हुन्छ उनको प्रश्न    थियो ।
यस्तै शिक्षालाई प्रणालीलाईपनि आय–आर्जनसंग जोडर लैजाने नगरपालिकाको योजना रहेको उनले जानकारी दिए । बेरोजगारी युवाहरुलाई स्वरोजगार बनाउनका लागि नगरपालिकाले व्यवसायी शिक्षा र प्राविधिक शिक्षालाई जोड दिने उनको भनाई छ । अबको केही समयमा नगरपालिकाले घर सम्बन्धी पाठ्क्रम र स्थानीय पाठ्यक्रम तयार गर्ने उनले जानकारी दिए ।
नगरप्रमुख शाहीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा जिल्ला विकास समिति दैलेखका पुर्व उप सभापति सुर्यबहादुर शाही, प्रधानमन्त्री आधुनिक परियोजना, अदुवा वेसार जोन प्रमुख चित्रबहादुर रोकाय, जिल्ला समन्वय समिति दैलेखका उप–प्रमुख लक्ष्मी शाह, चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेका उप–प्रमुख ताराकुमारी शाही (खत्री), इलाका प्रशासन कार्यालय दुल्लुका विनोद बानिया र गैर–सरकारी महासंघ दैलेखका अध्यक्ष महारुप खत्री लगायत कर्णाली प्रदेश र प्रदेश नं. ५ का सरकारी तथा गैर–सरकारीका प्रमुख एवम् प्रतिनीधिको उपस्थित थियो ।  गोष्ठी शनिबार) सम्म संचालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया