विद्यालयलमा डिजिटल र सिसि क्यामेरा

विद्यालयलमा डिजिटल र सिसि क्यामेरा

दैलेख बैशाख १७- भैरवी गाउँपालिकाका विद्यालयमा पहिलो पटक डिजिटल हाजिरी र सी सी क्यामेरा जडान गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न भन्दै डिजिटल हाजिरी र सी सी क्यामेरा जडान गरिएको हो ।
भैरवी गाउँपालिका वडा नम्बर ६ घुम्नेखाली स्थित आदर्श माध्यामिक विद्यालयमा सीसी क्यामेरा र डिजिटल हाजिरी प्रविधिको उद्घाटन गरिएको छ । भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले सीसी क्यामेरा र डिजिटल हाजिरी प्रविधिको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले प्रविधिको सहि प्रयोग सुझाव दिए । उनले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा नयाँ जडान गरिएको प्रविधिले देखिने गरि सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । गाउँपालिकाका उपाध्यक्ष पदम कुमारी विष्टले विद्यालयको नयाँ कार्यलाई गाउँपालिकाका सवै विद्यालयमा बिस्तार गर्नु आवश्यक रहेको बताइन् ।
कार्यक्रममा स्रोत व्यक्ति प्रेमलाल पुरीले नयाँ प्रविधीको प्रयोगले विद्यालयमा नयाँ सिकाई हुनुका साथै विद्यालयले शैक्षिक विकासमा फड्को मार्ने बताए । यस्तै विद्यालयका प्रधानाध्यापक यज्ञ बहादुर सिंहले २१ औ शताव्दीको युगमा आएर डिजिटल प्रविधिलाई पनि आत्मसाथ गर्नु पर्नेमा जोड दिए । साथै उनले विद्यालयको आन्तरिक स्रोतको करिब १ लाख ६८ हजारको लागतमा १६ वटा सिसी क्यामेरा र विद्युतिय हजिरी संचालन गरिएको जानकारी दिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष टोप बहादुर वि.क.को अध्यक्षतामा भएको कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभाबक, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया