सुर्खेतमा पाँचजना जुवाडे पक्राउ

सुर्खेतमा  पाँचजना जुवाडे पक्राउ

बैशाख २४,सुर्खेत – सुर्खेतमा फेरि पाँच जनाको जुवाडेको समुह जुवाको खालबाटै प्रहरीको फन्दामा परेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नंं. ४ भैरवस्थानमा रहेको प्रतिक होटलमा जुवा खेलीरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दैलेखमको दुल्लु नगरपालिका वडा नं। २ भई भैरवस्थानमा होटल संचालन गरिरहेका होटल सञ्चालक गर्दै आएका बर्ष ३८ का ऐन बहादुर शाही, अछाम तुर्माखाँद गउपालिका वडा नं.४का बर्ष २४ का डेकेन्द्र बुढा, दैलेख चामुण्डा बिन्दासैनी नगरपालिका वडा नं ९ का बर्ष २४ का हर्क बहादुर थापा, दैलेख दुल्लु नगरपालिका ३ का बर्ष २१ का अनिल कार्की र दुल्लु नगरपालिका वडा नं.९ बस्ने बर्ष ३१ का छत्र बहादुर खड्का रहेकाछन् ।

जुवाको खालबाट उनीहरु संगै ३ गड्डी तास, नगद ४९ हजार ३० रुपैयाँ बिभिन्न कम्पनीका चार ९४० सेट मोबाईल फोन पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख उमा प्रसाद चर्तुवेदीले जानकारी दिए। पक्राउ परेकाहरुलाई आबश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखिएको प्रहरीले जनाएको छ। आइतवार साँझमात्र नगद ३४ हजार पाँच सय नगद सहित तिन जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया