२ सय १० जनालाई नागरिकता वितरण

२ सय १० जनालाई नागरिकता वितरण

दैलेख- जिल्लाको गुरासँ गाउँपालिकामा २ सय १० जना नागरिकहरुलाई नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले घुम्ती शिविर मार्फत गुरासँ गाउँपालिकाको वडा नं. ६, ७ र ८ का २ सय १० जना नागरिकहरुलाई नागरिकता वितरण गरेको हो । कार्यालयले घुम्ती शिविंर मार्फत गाउँमै पुगेर नागरिकता वितरण गरेकाे शिविरका लागि गएको टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले जानकारी दिनुभएको छ । दुई दिन सम्म संचालन भएको शिविरबाट ८२ जना पूरुष १ सय २८ जना महिलालाई नागरिकता वितरण गरिएको देवकोटाले जानकारी दिनुभएको छ ।
नागरिकको घरदैलोमै पुगेर सेवा प्रवाह गर्ने उदेश्यले जिल्ला प्रशासन कार्यालय दैलेखले घुम्ती शिविरको आयोजना गरी नागरिकता वितरण गरेको हो । यसअघि जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाकै विकट मानिने ठाटीकाँध गाउँपालिकाको विशालामा पुगेर घुम्ती शिविर संचालन गरेको थियो ।

प्रतिक्रिया