मुस्लिम धर्मावलम्बिहरुको पबित्र महिना रमजान सुरु

मुस्लिम धर्मावलम्बिहरुको पबित्र महिना रमजान सुरु

सहबान अन्सारी (नवलपरासी)- स्लाम धर्मवलम्बीहरुको पबित्र महिना रमजान शुक्रवार बाट सुरु भएको छ।एक महिना सम्म चल्ने रमजान महिना यो साल शुक्रवार देखी सुरु भई असार २ गते शनिवार सम्म संचालन रहने बताईएको छ ।
रमजान महिनामा मुसलमानहरुले सुर्य उदाउनु भन्दा करिब ढाई घण्टा पहिला सेहरीको रुपमा खाने कुरा खाई दिन भरी केही नखाई उपवास बसी सुर्य अस्ताएपछि ईफ्तारको रुपमा खानेकुरा फलफुल,मिठाई बाट आवतरित रोजा खोल्नु पर्छ।ईस्लामिक क्यालेन्डर अनुसार यो १४३९ औं रमजान महिना हो। यो महिना बरकतको महिना समेत मानिने चलन रहेको छ।


रमजान महिनामा मुसलमानहरुले पाँच महत्वपुर्ण कार्य रोजा, नमाज,जकात,फितरा र हज गर्नु पर्ने तथा तिर्नु पर्ने परम्परा समेत रहेको छ।ईस्लामको महान धार्मिक ग्रन्थ कुरान आकाशबाट आवतरित भएको महिना भएको हुदाँ यो महिना त्याग र समर्पणको साथै पवित्र महिना मानिन्छ।
रमजान महिना समाप्त भई सौआलको महिना सुरु हुन्छ र यो महिनाको पहिलो दिन मुसलमानहरु ईदगाहमा गएर सामुहिक रुपमा ईदको नमाज पढि एक आपसमा अँगालो मारेर ईद मुबारक भन्दै बधाई साटासाट गरी भईचाराको संदेश दिने गर्छन।ईद पर्व ईस्लाम धर्मावलम्बिहरुको महान पर्व मानिन्छ।
नेपालमा करिब १० लाख मुसलमानहरुले बसोबास गर्दै आएका छ।

प्रतिक्रिया