चामुण्डामा दाना उद्योग संचालन

चामुण्डामा दाना उद्योग संचालन


चामुण्डा (दैलेख) ।
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका नगर प्रमुख सुर्यबहादुर शाहीले बोइलर कुखुराका लागि प्रयोग गरिने दाना आयतमा निषेधित गर्ने बताएका छन । चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. २ को ज्वाला दानाको उद्योगको नवनिर्मित भवनको उद्घाटन गर्दै यस्तो बताएका हुन । स्थानीय उद्योगबाट उत्पादन भएका दानालाई प्रथामिकता दिने उनले बताए । हामी निर्णय गरी बाहिरबाट आयत गरिने दानालाई निषेधित गर्नका कार्यपालिका निर्णय गर्ने जानकारी दिए । साथै प्रदेशकै नमुना उद्योग बनाउन सुझाव दिएका छन । ज्वाला उद्योगले नगरपालिका मात्र नभई प्रदेश भित्रका ११ वटा जिल्ला दाना वितरण गर्न आग्रह गरे ।
यसैगरी सेव द चिल्डेनका कार्यक्रम प्रबन्धक निरा शर्माले युवाहरुलाई रोजगारी दिनका सिर्जनाका गर्ने उद्देश्यका साथ उद्योगका लागि सहयोग गरिएको बताईन ।
नगरपालिकाको दुईलाख अनुदान र एभरेष्ट क्लव र सेव द चिल्डेनको आर्थिक तथा प्राविधिक सहयोगमा उद्योग संचालनमा ल्याईएको ज्वाला उद्योगका अध्यक्ष चन्द्रा ज्ञवालीले जानकारी दिईन । चामुण्डाविन्द्रासैनी नगरपालिका २ चाल्नेमा भर्खरै उद्घाटन भएको ज्वाला दाना उद्योग नगरपालिकाकै पहिलो उद्योग हो ।

प्रतिक्रिया