दुल्लुलाई पर्यटन हबको रुपमा विकास गर्छौ – मुख्य मन्त्री शाही

दुल्लुलाई पर्यटन हबको रुपमा विकास गर्छौ – मुख्य मन्त्री शाही


दैलेख जेठ ८ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दुल्लू क्षेत्रलाई पर्यटन हबको रुपमा विकास गर्ने बताएका छन् । कर्णाली प्रदेश सरकारको प्राथमिकतामा परेको राष्ट्रिय गौरबको सडक अन्र्तगत दैलेख खण्डको शिल्यान्यास गर्न दैलेख आएका मुख्यमन्त्री शाहीले दुल्लू साँस्कृतिक संग्रहालयको अवलोकन गर्दै यस्तो बताएका हुन् ।
अवलोकनको क्रममा दुल्लू नगरपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री शाहीले भने “विशाल नेपालको शक्तिशाली राज्य मध्येको एक सिंजा राज्यको शितकालीन राजधानीको रुपमा रहेको दुल्लुले आफुसंग भएको ज्वाला सभ्यता र सिंजा सभ्यताको केन्द्र विन्दुको रुपमा रहेको श्री ५ राजेन्द्र विरविक्रम शाहको पालामा काजी जसपाउँ थापाले निमार्ण गरेको पौवा घरमा निर्माण भएको दुल्लू साँस्कृतिक संग्रहालयको बिकासका लागि स्थानिय सरकारसंग सहकार्यको लागि प्रदेश सरकार तयार छ ।
मुख्यमन्त्री शाहीले जुम्लाकोे सिँजा र दुल्लू नगरलाई सुन्दर र पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नको लागि कर्णाली प्रदेश सरकारले बृहत गुरुयोजना बनाएर अगाडी बढेको बताए । यसलाई कार्यान्वयन गर्नका लागि यहाँको स्थानिय सरकारी र नागरिकहरु अग्रसर हुनुपर्छ, शाहीले भने ।
उनले दुल्लूमा पर्यटनको आगमनको लागि सडक, दुल्लू डाँडालाई हरियाली बनाउनको लागि सुन्ताला खेतिमा जोड दिने र ऐतिहासिक दुल्लू दरबारको निमार्ण गर्नको लागि जनप्रतिनिधि र स्थानिय सरकारले पहल गर्नु पर्ने बताए । मुख्यमन्त्री शाहीले दुल्लू क्षेत्रको इतिहास जोगाई राख्नको लागि दुल्लू नगरपालिकाले गरेको पहलमा नगर प्रमुख घनश्याम भण्डारीलाई धन्यबाद समेत दिए ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संबिधान कार्यन्वयनमा संघिय, प्रदेश र अधिकार सम्पन्न स्थानिय सरकार बनेको र तिनै तहको सरकारको समन्वय र सहकार्य बिना बिकास र समृद्धी असम्भव भएको बताए । उनले कर्णालीमा रोजगार सृजना गर्नको लागि थोरै लागानीमा धेरै आम्दानी हुने भएकोले प्रदेश सरकार पर्यटन क्षेत्रको बिकासमा अग्रसर रुपमा लागेकोले यो वर्ष भरी रारा पर्यटन वर्ष मनाई रहेको बताए ।
उनले महान राज्यको मुख्य राजधानी जुम्लाको सिँजा भए पनि ऐतिहासिक ठाँउ सितकालिन राज्यको राजधानी दुल्लू भएकोले यहाँको इतिहास बचाई राख्नको लागि प्रदेश सरकारले कुनै कमि हुन नदिने बताए ।
कार्यक्रममा दुल्लू नगरपालिकाका नगर प्रमुख भण्डारीले यो वर्ष पञ्चकोशी क्षेत्रको बिकासका लागि दुल्लू नगरपालिकाले नगरका १८ वटा पर्यटकिय सम्भवित क्षेत्रको डिपिआर तयार गरेर प्रदेश सरकारलाई बुझाउने र कार्यान्वयनमा प्रदेश सरकारले सहयोग गर्नेमा बिश्वस्त रहेको बताए ।
उनले यो वर्ष भरिनै स्थानिय सरकारल बजेट खर्च नगरेर जनसहभगितामा दुल्लू नगरपालिकामा संस्कृति संरक्षणरका लागि दुल्लू साँस्कृतिक संग्रहालय स्थापना, प्रथम पंचकोशी लोक साँस्कृतिक मेला सम्पन्न गरेको र यही जेष्ठ २१ देखी ३० सम्म मालिका मन्दिरमा नवहा लगाएर धार्मिक पर्यटकिय गतिविधि अगाडी बढाउने नगरपालिकाले निति लिएको बताए ।
नगर प्रमुख भण्डारीले मुख्य मन्त्री शाही र आर्थिक मामिला तथा योजना मन्त्री ज्वालालाई मायाको चिनो दिँदै मायाको चिनोमा पंचकोशी क्षेत्रको सम्पूर्ण मठमन्दिर समावेस गरिएकोले प्रदेश सरकारले पञ्चकोशी क्षेत्रको पुर्वाधार विकास, संरक्षण, सम्वर्धन र प्रचार प्रसारमा बिशेष भुमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरे ।

प्रतिक्रिया