मजदुरीका लागि भारत पुगेका रोकाको मृत्यु

          |   प्रकाशित मितिः शुक्रबार, जेष्ठ १८, २०७५     ::: 267 पटक पढिएको   |  

दुर्गा वि.सी., सल्यान, सल्यानको पश्चिम क्षेत्रबाट भारतमा मजदुरीका लागि गएका बन्गाड कुपिण्डे नगरपालीका वडा ४ निबासी ३८ बर्षिया निमराज रोकाको मृत्यु भएको छ । २ दिन अघि भारतको उत्तराखण्डको कृतिनगरमा आफ्नै डेरामा रातीको समयमा पिसाव फेर्न वाहिर गएको समयमा लडेर मृत्यु भएको जनाएको छ । ५ महिना अघि उनि कामको लागि भारत पुगेको वावु गमदल रोकाले वताए । मृतक निमराजका १ छोरी र २ छोरा रहेको जनाएको छ । सल्यानको पश्चिम क्षेत्रमा मजदुरीका लागि भारत जानेको संख्यामा उल्लेख्य वृद्धि छ । साथै विभिन्न कारणले मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।



Leave a comment

Your email address will not be published.


*