मालिकामाई मन्दिरमा श्रीमत् भागवत महायज्ञ सुरु

मालिकामाई मन्दिरमा श्रीमत् भागवत महायज्ञ सुरु

दैलेख (दुल्लू) – दुल्लु नगरपालिका १३ मालिकामा रहेको प्रधान पर्वत मालिका माईको मन्दिरमा श्रीमत् भागवत महायज्ञ सुरु सुरुभएको छ । बिनायकको मुग्रा धारादेखी मालिका माईको मन्दिरसम्म १०८ कलस सहितको कलश यात्रा गरि महायज्ञको सुरुवात भएको हो । मेला यहि जेठ ३० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
९ दिनसम्म सञ्चालन हुने महायज्ञमा दुल्लू, भैरवी, चामुण्डा लगायतका पण्डितहरुले कथा प्रवचन गरिने भएको छ । कथा प्रवचन मंगलबार बाट सुरु भएको छ । महायज्ञ गुठीयार तथा मालिका माई मन्दिर ब्यवस्थापन समितीको आयोजनामा सञ्चालन भएको हो ।

प्रतिक्रिया