दोषीलाई कारवाहीको माग

दोषीलाई कारवाहीको माग

दैलेख जेठ २४-स्थानीय तह दलित जनप्रतिनिधि मञ्च दैलेखले कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–९ कि निर्वाचित महिला सदस्य मना सार्की माथि जातीय हिसावले भएको हत्या घटनाका दोषीलाई कडा कारवाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गरेको छ ।
जेठ १९ गते भएको कुटपीट गरी हत्या गरिएको घटनाको कारवाही प्रक्रिया फितला गराउने, घटनालाई वेवास्ता गर्ने लगागतका कार्य भए गरेको पाइएमा सडक संघर्षका कार्यक्रम गरिने पनि यही ज्ञापनपत्र मार्फत मञ्चले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।
स्थानीय तह दलित जनप्रतिनिधि मञ्च दैलेखको आज बसेको बैठकको निर्णय लगतै कार्यवाहक संयोजक हर्कबहादुर नेपालीको नेतृत्वमा आज प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेलाई बिहीवार कार्यकक्षमै भेटेर न्यौपाने मार्फत कर्णाली प्रदेश सरकार र केन्द्रमा नेपाल सरकारलाई ज्ञापनपत्र पठाएको छ ।
ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी न्यौपानेले सरकारले चासो दिएको आफ्नो जानकारीमा भएको र स्थानीय तह दलित जनप्रतिनिधि मञ्च दैलेखले थप ध्यानाकर्षण गराएको कुरा सन्देश सरकारलाई पठाउने बचन दिए । उहाँले दोषीले उन्मुक्ति नपाउने प्रष्ट पारे ।

प्रतिक्रिया