अटोरिक्सा दुर्घटना बढ्यो,एक वर्षमा ७ को मृत्यु, ५ घाइते

अटोरिक्सा दुर्घटना बढ्यो,एक वर्षमा ७ को मृत्यु, ५ घाइते

व्यवस्थापनमा सरोकारवाला उदासीन

जेष्ठ ३०,सुर्खेत — पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका ५, मुरमुरीमा आइतबार अटोरिक्सा दुर्घटना हुँदा एकमहिने शिशुसहित ३ जनाको ज्यान गयो । ३ जना घाइते भए । प्रहरीका अनुसार साँघुरो र कच्ची सडकमा चालकले तीव्र गतिमा हाँक्दा अटोरिक्सा नियन्त्रणबाहिर गई दुर्घटना भयो ।

चैत ८ गते वीरेन्द्रनगर ९, लाटीकोइलीमा भे१घ ९२४ नम्बरको अटोरिक्सा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भयो । दुई घाइते भए । पुस २६ गते कपासेमा अटोरिक्सा दुर्घटनामा पर्यो, जुन दुर्घटनामा चालक आफैं परे । उनको पनि घटनास्थलमै मृत्यु भयो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सुर्खेतमा ७ अटोरिक्सा दुर्घटना भए । ती दुर्घटनामा ६ जनाको मृत्यु भइसकेको छ । करिब २ वर्षअघि पेट्रोलबाट चल्ने ३ पांग्रे अटोरिक्सा भित्रिएसँगै यात्रुले अकालमा ज्यान गुमाउनुपरेको छ ।

छोटो दूरीका यात्रुको सहजका लागि सञ्चालनमा ल्याइएको हो, अटोरिक्सा । तर, सम्बन्धित निकायले नियमनरव्यवस्थापन गर्न नसक्दा ठूला सवारी–साधनझैं अटोरिक्साले पनि लामो दुरीका यात्रु बोकिरहेका हुन्छन् । जिल्ला ट्राफिक प्रहरीका सई कविराम सेन्चुरीले कच्ची सडकमा समेत क्षमता बढी यात्रु बोक्ने र तीव्र गतिले हाँक्नेजस्ता कारण अटोरिक्सा दुर्घटनामा पर्ने गरेको बताए । दुर्घटना हुनुमा चालककै लापरबाही मुख्य कारण रहेको उनको भनाइ छ । ‘कच्ची सडकमा चलाउनु, तीव्र गतिले हाँक्नुले दुर्घटना निम्तिएको हो,’ उनले भने । पटक–पटक दुर्घटना भइरहँदा जिल्ला प्रशासन, ट्राफिक प्रहरी र सम्बन्धित स्थानीय तह अझैं अटोरिक्सा व्यवस्थाप नमा गम्भीर बन्न सकेका छैनन् । वीरेन्द्रनगरमा ८ सय बढी अटोरिक्सा रहेको अनुमान छ । ज्यानै लिने दुर्घटना मात्रै होइन, चालकले तीव्र गतिमा जता मन लाग्यो त्यतै बाटो काट्ने प्रवृत्तिका कारण दुईपांग्रे ९मोटरसाइकल, स्कुटी० सवारीसाधन बाहक र पैदल यात्रु अटोको अनियन्त्रित गतिबाट त्रसित भइरहेका छन् । वीरेन्द्रनगरमा अटोरिक्साका दुई कम्पनी सिद्धपाइला र ६ नम्बर प्रदेश समिति छन् ।

छैन नियमन
अटो–चालकहरूसँग लाइसेन्ससमेत छैन । लाइसेन्स नभए पनि उनीहरू लामो दूरीसम्म अटोरिक्सा गुडाइरहेका हुन्छन् । यातायात कार्यालयले नै आफूहरूलाई लाइसेन्स नदिएको चालकहरू गुनासो गर्छन् । ‘सरकारले रुट परमिट, भाडा निर्धारण केही गर्दैन,’ एक चालकले भने, ‘हामीले कोसँग सरोकार राख्ने हो भन्ने पनि यकिन छैन ।’ साना सवारी साधन भन्दै सरकार आफूहरूको समस्याप्रति गम्भीर नभएको ती चालकको आरोप छ । अटोमा ३ यात्रु बोक्न मिल्छ । तर, यहाँ अधिकांशले ५र६ यात्रु कोच्ने, मनपरि भाडा असुल्ने गरेको पाइएको छ । कतिपयले चामलका बोरा, सिमेन्टजस्ता हेभिवेट साम्रगीसमेत ओसार्ने गर्छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्ला यातायात व्यवस्थापन समिति र वीरेन्द्रनगर नगरपालिकाको निर्देशनबमोजिम अटोरिक्सा चालकलाई ट्राफिक सचेतना फैलाइरहेको जनायो । गत कात्तिकमा उपत्यकामा सञ्चालित ३ सय २६ अटोरिक्सा र तिनका चालकलाई नियन्त्रणमा लिई ट्राफिक नियमबारे सचेत गराएको थियो । ‘हामीलाई योभन्दा बढी अधिकार छैन,’ सई सेन्चुरीले भने, ‘जिल्ला यातायात व्यवस्थापन समिति र स्थानीय सरकारले बढी चासो दिनुपर्छ ।’ स्थानीय प्रशासनले पार्किङ, रुट–परमिट र भाडा निर्धारण गरिदिनुपर्ने उनको सुझाव छ ।जिल्ला यातायात व्यवस्थापन समिति संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले अटोरिक्सा व्यवस्थापनमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने बताए । ‘जिल्ला यातायात व्यवस्था कार्यालय, स्थानीय तहले सिफारिसअनुसार समितिले निर्णय गर्ने हो,’ उनले भने, अहिले अधिकारजति सबै स्थानीय तहलाई छ, उनीहरूले नै अटोरिक्साको व्यवस्थापनको जिम्मा लिनुपर्छ ।’

प्रतिक्रिया