गाउँपालिका अध्यक्षले गरे श्रमदान

गाउँपालिका अध्यक्षले गरे श्रमदान


दैलेख– जिल्लाको ठाटीकाँध गाउँपालिकामा संचालन भइरहेको खानेपानी आयोजनाका लागि गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले काँधमा पाईप बोकेर ६ घण्टा लामो दुरी पार गरे ।गाउँपालिकाकै ठुलो खानेपानी योजना निर्माणका लागि अध्यक्ष अघि लागेर गाउँपालिका भित्र रहेका कर्मचारीलाई पनि श्रमदानमा सहभागी गराए । अध्यक्षसंगै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपाने, चुनावमा शाहीसंगै निकटम प्रतिद्धन्द्धि काँग्रेसका नेता रक्षाबहादुर शाही पनि सहभागी भए । सवैले पाईप काँधमा राखेर मुहान रहेको जैचौरमा पुगे । चरम खानेपानी समस्या झेल्दै आएका ठाटीकाँध गाउँपालिकाकामा एक वर्षभित्र चौविसै घण्टा पानी सुविधा दिने गरि ठाटीकाँध खानेपानी तथा सरसफाई आयोजना निर्माण थालिएको हो । सवैबाट खानेपानी आयोजनामा सहयोगी भएर श्रमदान दिईएको छ । अध्यक्ष धिरबहादुर शाहीले भने, हामी जनप्रतिनिधि, कर्मचारी र उपभोक्ताबाट पनि श्रमदान गरियो ।
यो आयोजनाको लागि गाउँपालिकाले ठुलो रकम खानेपानीमा खर्चिएको छ । ठाटीकाँध गाउँपालिकाले १ करोड १८ लाख १ सय ३ रुपैयाँ र ग्रामिण जलश्रोत ब्यवस्थापन परियोजनाले प्राविधिक सहयोगका साथै साझेदारी रकम ६० लाख २२ हजार १ सय १७ रुपैँयामा खर्चेर आयोजना निर्माण थालिएको गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताए । खानेपानी योजनाका लागि सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले प्राविधिक तथा सामाजिक सहजिकरण गरिरहेको छ । खानेपानी योजनाबाट प्रभावित वडाहरु १, २ र ६ का ठाटीकाँध बजार, लामामेला टोल, काँडाचौर र पिपलचौरा टोलका २ सय ६७ घरधुरी समेटिने आयोजनाका अध्यक्ष मनबहादुर मगरले बताए । आयोजनाभित्र समेटिएका २ सय ६७ घरमै धारा जोडिने खानेपानी आयोजनाले जनाएको छ ।
खानेपानीबाट घरधुरी २ सय ६७ घरधुरीका १७ सय २२ जनसंख्या लाभान्वित हुनेछन् । गाउँपालिकाको २ नम्वर वडाको जौचौरबाट ११ हजार ४ सय ५७ हजार मिटर मुख्य पाईपलाईनबाट पानी ल्याईने जलस्रोत प्राविधिक केसर शाहीले बताए । मुख्य लाईनबाट टंकीमा पानी झारीसकेपछि २३ हजार ६ सय १७ मिटर वितरण लाईन मार्फत ३ वटा वडाका २ सय ६७ वटा धारा बनाईने छ । जम्मा ३५ हजार १ सय १४ मिटर पाईपलाईन विछ्याईने जनाईएको छ । यो आयोजनाको श्रमदान जनप्रतिनिधि, उपभोक्ता, कर्मचारी सवैबाट भएको छ ।

प्रतिक्रिया