इपिएस भाषा परीक्षाको नतिजा सार्वजनिक

इपिएस भाषा परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ, सन् २०१९ का लागि लिइएको रोजगार अनुमति प्रणाली ९इपिएस० भाषा परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।गत जेठ २६ र २७ गते लिइएको भाषा परीक्षामा सात हजार ९९६ परीक्षार्थी उत्तीर्ण भएका छन् ।यस वर्ष दक्षिण कोरियाले सात हजार १०० नेपाली कामदारको माग गरेकामा सोभन्दा बढी उत्तीर्ण भएको परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । भाषा परीक्षामा ७४ हजार ८६२ परीक्षार्थी सहभागी थिए ।

प्रतिक्रिया