युवाहरूको पहलमा अनाथ बालबालिकालाई सहयोग

युवाहरूको पहलमा अनाथ बालबालिकालाई सहयोग

 दैलेख असार १७
जिल्लाको भगवतिमाई गाउँपालिका ३ का अनाथ बालबालिकालाई युवाहरुले सहयोग गरेका छन् । स्थानीय पदम खड्का, सुर्खेत वीरेन्द्रनगर की शर्मिला शर्मा र सिम्ता गाउँपालालिकाका प्रेम केसीको पहलमा स्थानीय पाँच जना बालबालिकालाई सहयोग गरेका हुन् । आमा बाबु नभएका कारण विद्यालयमा चाहिने आवश्यक शैक्षिक सामग्रीको अभावमा रहेका स्थानीय पाँच जना बालबालिकाहरुलाई सहयोग सामग्री प्रदान गरिएको हो ।
स्थानीय कक्षा ६ मा अध्ययनरत ११ बर्षिया प्रेमा विक, कक्षा ५ मा अध्ययनरत ९ बर्षिया शुनकेसा विक, कक्षा १ मा अध्ययनरत ६ बर्षिया महेन्द्र विक लाई उनिहरुको घरमै पुगेर शैक्षिक सामग्री प्रदान गरिएको हो ।

यस्तै कक्षा ५ मा अध्ययनरत १० बर्षिया भुमिसरा नेपाली र कक्षा २ मा अध्ययनरत ७ बर्षिया नवीन नेपालीलाई पनि सहयोग सामग्री हस्तान्तरण गरिएको सहयोग प्रदान गर्न पुगेका पदम खड्काले जानकारी दिए । अभिभावक विहिन बालबालिकाहरुलाई झोला, कापी, कलम, कक्षा ५ र ६ मा अध्ययनरत बालबालिकालाई ग्रामर र डिस्नेरी प्रदान गरिएको खड्काले जानकारी दिएका छन् ।
शैक्षिक सामग्री वितरण गर्दै भगवतिमाई गाउँपालिका ३ का वडा सदस्य जयबहादुर खड्काले यस्ता बालबालिकाहरुको संरक्षण सरकारको तर्फबाट गर्न सक्नु पर्ने औल्याए । उनले भने “स्थानिय सरकार आएको एक बर्ष वितिसक्दा समेत अनाथ बालबालिकाको क्षेत्रमा कुनै पनि काम नगरेको बेलामा युवाहरूको पहलमा बालबालिकाकालाई सहयोग गर्दा स्थानिय सरकार मौन रहेको स्थानीय बासिन्दाको गुनासो छ ।”

सहयोग सामग्री लिएर बालबालिकाहरुकै घरदैलोमा पुगेका पदम खड्काले भने “गाउँपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा यस्ता अनाथ तथा असहाय एवम् बेसाहारा बालबालिकाहरुको शिक्षा, स्वास्थ्यको क्षेत्रमा ध्यान दिनुपर्छ ।” उनले आगामी दिनमा अधिकार सम्पन्न स्थानीय तहलले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

प्रतिक्रिया