निर्वाहमुखी कृषि होइन, व्यवसायी बनाउनुहोस : थापा

निर्वाहमुखी कृषि होइन,  व्यवसायी बनाउनुहोस : थापा

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले कृषिलाई व्यवसायी बनाउन सुझाव दिएका छन् । चामुण्डाविन्द्रासैनी नगरपालिकाको आर्थिक विकास शाखाले जम्बुकाँधमा आयोजना गरेको दुई दिने सहभागितात्मक व्यवसायी उत्पादन प्रविधि प्रर्दशन तथा क्षमता अभिवृद्धिमुलक तालिमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।
‘अर्थतन्त्र मजबुद बनाउन कृषिलाई व्यवसायिकरण गर्नु पर्छ, ‘परम्परागत कृषिले नगर, जिल्ला र प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिदैन् ।’ ‘वर्तमान कृषि प्रणाली निर्वाहमुखी भयो, ‘कृषिमा आत्मनिर्भर बनाउन जीवनमुखी गर्ने कृषि प्रणालीलाई व्यवसायी मुखी बनाउनु पर्छ ।’ उनले भने–
साथै चामुण्डाविन्द्रासैनी नगरपालिकाले गरेको काम गरेको प्रशंसा गर्दै आर्थिक वर्ष २०७५/०७६ मा योजना छनौटमा प्रथामिकता दिन सुझाव दिए । ‘अब योजना छनौट गर्दा नयाँ सडकहरुलाई प्रथामिकता नदिनु होला ।’ ‘नयाँ सडक खन्दा भएको कृषि योग्य जमिनलाई क्षति पु¥याउछ ।’ उनले भने–
यसैगरी चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सुर्यबहादुर शाहीले समृद्धिका लागि शान्तिका आवश्यक पर्ने बताए । ‘जब अशान्ति हुन्छ, समृद्धि सम्भव छैन ।’ ‘समृद्धिका लागि शान्तिको आवश्यक पर्छ ।’ पछिल्लो समय मान्छे नै अशान्त छ कसरी हुन्छ विकास ? विकास र समृद्धिका लागि जुन ठाउँ–जुन पेशा गर्छ, त्यही पेशामै शान्त हुनुपर्छ ।’ ‘तबमात्र समृद्धि सम्भव छ ।’नगर प्रमुख शाहीले भने, –‘
कृषिलाई व्यवसायी बनाउन सोच र चिन्तन परिवर्तन भएको व्यक्ति कृषि पेशामा आउनृु पर्ने आजको आवश्यकता उनले बताए । लामो समयदेखि पुजँवाद चिन्तन भएका व्यक्तिका कारणले गर्दा मुलुक कृषि र अर्थतन्त्रमा मजबुद नभएको उनले औल्याए । कृषिमा आत्मनिर्भर बनाउन मान्छे मात्र नभई प्रविधिको प्रयोग समेत गर्नुपर्नेमा जोड दिए ।
नगर प्रमुख शाहीले उत्पादनलाई बृद्धि गरी कृषिलाई व्यवसायी बनाउन तालिममा सहभागी कृषकहरुलाई सुझाव दिए । तपाईहरु धेरै उपत्पादन गर्नुहोस, बजारीकरणको जिम्मा नगरपालिकाले लिने उनले दावी समेत गरे ।
यसैगरी नगर उप–प्रमुख तारा शाही खत्रीले नगरपालिकालाई आर्थिक रुपमा समृद्धि बनाउन कृषिलाई व्यवसायी बनाउनु पर्ने जोड दिईन । नेपाल कृषि प्रदान देश भएकाले कृषि पेशालाई आधुनिकरण गर्ने उनले बताई ।
उनले भनिन्– ‘अधिकार प्राप्ती लडाई सकिएकाले अबको लडाई आर्थिक समृद्धिको लडाई हो ।’ उनले भनिन्–ि‘राष्ट्रलाई आर्थिक समृद्धि बनाउन कृषिमा जोडदिनुपर्छ ।’ कृषिलाई व्यवसायी बनाउन मुल्य निर्धारणको आवश्यकताको खाँचो पर्ने बताईन ।
यही जेठ ३१ गते गठन भएको कृषि उत्पादन केन्द्र (ब्लक) संचालक समितिले हालसम्म अलैंचीका ५० हजार विरुवा, कागती, अमिला र जुनार गरी ६ हजार विरुवा, आँप ५ हजार, र ५ हजार अनारका विरुवा वितरण गरिएको बताईएको छ । यसैगरी वेसार पिस्ने मेशिन, खाल्डो खन्ने मेशिन ल्याईएको समितिका अध्यक्ष निरकबहादुर शाहीले जानकारी दिए ।
चामुण्डाविन्द्रासैनी नगरपालिका आर्थिक विकास शाखाका कृषि प्रसार अधिकृत डिल्लीप्रसाल शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष रंगबहादुर तामाङ्ग, कार्यपालिका सदस्य दिनेश विक, व्यवसायी कृषि उत्पादन केन्द (ब्लक) संचालक समितिका सदस्य सचिव भुपेन्द्रबहादुर शाही लगायत नगर स्थित कृषि समूहहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया