कृषकलाई फलफुलका विरुवा वितरण

कृषकलाई फलफुलका विरुवा वितरण

 

दुल्लू नगरपालिका अन्तरगत कृषि शाखाले विभिन्न जातका फलफुलका विरुता बितरण गरेको छ । शाखाले नगरपालिकाका विभिन्न वडा र सहकारी मार्फत १० हजार भन्दा बढी विरुवा बितरण गरिएको कृषि विकास शाखा अधिकृत राजु भुजले जानकारी दिएका छन् ।
भुजका अनुसार वडा नं.१ मा सिद्देश्वरी सहकारी मार्फत ७ सय, वडा नं. ७ मा ६ सय २५, वडा नं. ८ मा २७ सय, वडा नं. १० मा ४५ सय, वडा नं. ११ मा ३७ सय, वडा नं. १३ मा जनप्रीय सहकारीमा ३१ सय, हातेमालो सहकारी अन्तरगत ५०० र कृषि शाखामा एक हजार भन्दा बढी दशौरी र अम्रापाली जातका आँपका विरुवा बितरण गरिएको छ । यःतै वडा नं. ११ मा एक हजार अनार एक हजार लिच्चिका बिरुवा वितरण गरेको अधिकृत भुजले बताए ।
दुल्लू नगरपालिकाको हावा पानी अनुसारका सबै प्रकारका फलफुलका लागि उपयुक्त रहेकोले फलफुलका बिरुवा बितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले बताए । लगाएको विरुवालाई संरक्षण गर्न शर्माले आग्रह गरे ।

प्रतिक्रिया