दिल्लीमा मध्यराति १६ नेपाली युवतीको उद्दार

दिल्लीमा मध्यराति १६ नेपाली युवतीको उद्दार

 काठमाडौं,९ साउन ।

भारतको नयाँ दिल्लीबाट गएराति १६ नेपाली युवतीको उद्दार गरिएको छ ।नेपालबाट दिल्ली हुँदै कुवेत र इराक लैजान लाग्दा दिल्ली महिला आयोगले उद्दार गरेको हो ।उनीहरुलाई नेपालबाट विभिन्न प्रलोभन देखाएर भारतसम्म पुर्याइएको दिल्लीका सामाजिक अभियन्ता अमित मिश्रले जनाएका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘आश्चर्यको कुरा छ, नेपाली युवतीलाई यहाँबाट कुवेत र इराक लान लागेको कुरा महिला आयोगले थाहा पायो । तर, ५ सय मिटरको दूरीमा रहेको प्रहरीले केही थाहा पाएन ।’उनीहरुलाई कुवेत र इराक लाने सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा उद्दार गरिएको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया