यो त केही होइन, घरधन्दाका काम धेरै बोझिला

यो त केही होइन,  घरधन्दाका काम धेरै बोझिला

दैलेख – रीता तिमिल्सेना आठबीस नगरपालिका–६ सिगासैनकी बासिन्दा हुन् । अक्सफामको साझेदारीमा एभरेष्ट क्लव दैलेखले सञ्चालन गरेको क्रेटिङ्ग स्पेस परियोजनाको लागि सिगासैनमा सामुदाय परिचालनको काम गर्ने सहजकर्ता पदमा कार्यरत छिन् ।
परिपोजनाले गर्ने महिला र बालिका माथि हुने हिंसा बिरुद्धको अभियानका क्रियाकलाप अझैं बढी प्रभावकारी बनाउने भन्ने बारे सीप सिकाउन साउन ११ देखि १३ गतेसम्मका लागि सञ्चालन गरेको नेतृत्व विकास तालिममा उनी पनि सहभागी छिन् ।
तालिमकै क्रममा दिइएको समूह कार्य गरिरहेकै बेला १३ केजी तौल भएको ३ वर्षको छोरा प्रनिलप्रसाद शर्मा उनलाई घोडा बनाएर खेल्दै थियो, छोरा आएर घोडा चडेको खेल्दा वा ऊ ओर्लिदा रीताले समूह कार्य एउटै रफ्तारले गरिरहेकी थिइन् ।
‘तस्वीरले पुष्टी गर्छ महिला जस्तै कार्य बोझ पनि सजिलै निर्वाह गर्नजिलै निर्वाह गर्न सक्छन्’ परियोजनाका व्यवस्थापन संयोजक बिमला बिशुन्केले प्रतिक्रिया दिइन् । परियोजना कार्यक्रम संयोजक मीना थापाले भनिन् ‘महिलाको सहनशीलताको उदाहरण हो ।’
तालिमका सहजकर्ता परियोजना तथ्यांक अधिकृत लोकबहादुर बोगटीले पुरुषहरुले बालबालिकाको बोझ लिन नपरेको कारण महिलाको कार्यबोझ महसुश गर्न नसकेको बताए । उनले भने ‘मेरो पनि एक वर्षको बच्चा छ, तर मैंले वा अरु पुरुषहरुले बच्चाको स्याहार सुसार गरेका छैनौं ।’
रीताका श्रीमान् नोकरीको सिलसिलामा भारतमा छन् । सासु–ससुरा छुट्टिएर बस्नुभएका कारण जहाँ जाँदा पनि पहिलो सन्तान प्रनिलप्रसादलाई लिएर जाने गरेको बताइन् । उनले भनिन् ‘बच्चाले घोडा चढी खेलेको सामान्य कुरा हो, हामी महिलाहरुले यो भन्दा धेरै घरधन्दाका बोझिला काम गरिरहेकै छौं ।’

प्रतिक्रिया