भारतले बलात्कारमा मृत्युदण्ड दिने

भारतले बलात्कारमा मृत्युदण्ड दिने

बलात्कारमा मृत्युदण्ड दिने भारत चौथो दक्षिण एसियाली देश

एजेन्सी– भारतमा १२ वर्षभन्दा कम उमेरका बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिने प्रावधानसहितको विधेयक सोमबार लोकसभाले पास गरेको छ ।

पछिल्लो समय भारतमा बढ्दो बलात्कारको घटनापछि सरकारले तल्लो सदनमा विधेयक पेश गरेको थियो । सरकारले गत २१ अप्रिलमै विधेयकको समर्थन गरिसकेको थियो ।केही समयअघि मात्र जम्मु–कश्मिरको कठुआ र उत्तर प्रदेशको उन्नावमा बालिकामाथि सामूहीक बलात्कारको घटना बाहिर आएको थियो ।

पास भएको विधेयकमा १२ वर्षभन्दा कम उमेरका बालिका बलात्कार गर्ने अभियुक्तलाई मृत्यु दण्ड र १६ वर्षभन्दा कम उमेरका किशोरी बलात्कार गर्नेलाई कडा सजायको व्यवस्था गरिएको छ ।केही समयअघि जम्मु–कश्मिरको कठुआमा ८ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको थियो । विधेयकमा १२ वर्ष मुनिका बालिकामाथि बलात्कार गर्नेलाई न्युनतम २० वर्ष जेल वा मृत्यु दण्डको प्रावधान राखिएको छ । १६ वर्ष कम उमेरको बालिकामाथि सामूहिक बलात्कार गर्ने व्यक्तिलाई आजीवन जेल सजायको प्रावधान राखिएको छ ।

यस बाहेक महिलामाथि बलात्कार गर्ने दोषीलाई १० वर्ष श्रमसहित जेल वा आजीवन जेल सजाय हुने कानुन स्विकृत हुन सक्ने बताइएको छ । यसअघि यो मुद्धामा ७ वर्षको जेल सजायको प्रावधान मात्र थियो । सन् २०१२ मा दिल्लीमा गुडिरहेको एक बसमा कलेज पढ्ने छात्रा निर्भयालाई सामूहिक बलात्कारपश्चात हत्या गरिएपछि कानूनमा संशोधन गरेर बलात्कारका लागि अधिकतम मृत्युदण्डको सजायको प्रावधान राखिएको थियो ।पाकिस्तान, बंगलादेश र अफगानिस्तानपछि भारत बलात्कारको अपराधमा मृत्युदण्ड दिने चौथो दक्षिण एसियाली देश बनेको छ ।

प्रतिक्रिया