राउटेलाई सामग्री बिक्री गर्न गाउँ–गाउँ डुल्नुपर्ने बाध्यता हट्दै

राउटेलाई सामग्री बिक्री गर्न गाउँ–गाउँ डुल्नुपर्ने बाध्यता हट्दै

राउटेले बनाउने सामग्री संकलन र बिक्री कक्ष स्थापना ।

दैलेख साउन २०, नेपालको भ्रमणशील एकमात्र समुदाय हो राउटे, फिरन्ते जाती राउटे समुदाय अहिले दैलेखको गुराँस गाउँपालिका ८ अन्तर्गत गर्चामा रहेको पातलेखोला किनारमा बसोबास गर्दै आएका छन् । नेपालको लोपोन्मुख जातिको नाममा सूचीकृत यो जाति एउटै ठाउँमा बसोबास गर्दैन । एउटै ठाउँमा बसोबास गर्नाले फोहोर भई बिरामी हुने डरले केहि महिनापछि छोडेर जाने यो जातिको चलन नै हो । राउटे परम्परामा कोही मान्छे मर्ने बित्तिकै ठाउँ छाड्ने चलन छ । एउटै ठाउँमा बसोबास गर्दा कुकाठ पनि सकिने, काठबाट बनाइएका कोसी, मधुश, आरी र खाटले बजार नपाउने हुँदा राउटे एक ठाउँ हँुदै अर्को ठाउँ सर्ने गर्छन् । जंगलमा पाइने कुकाठबाट बनाइएका कोसी, मधुश, आरी र खाट जस्ता काठमा सामग्रीहरु विक्री गर्ने राउटेको मुख्य पेशा हो । आफुले बनाएका सामग्रीहरु विभिन्न गाउँ तथा बजारहरुमा पुगेर अन्नसंग सामान साट्ने उनिहरुको दैनिकी हो ।

राउटे समुदायवाट उत्पादित सामग्रीको सोरुम
राउटे समुदायको सामग्री किन्दै

राउटे समुदायले निकै मेहनत गरि निर्माण गरेको सामग्री बोकर गाउँ गाउँ डुल्ने पर्ने बाध्यता भने अब हटेर गएको छ । जिल्लाको गुरासँ गाउँपालिकाले गत असार ३० गते स्थायी परिचय पत्र वितरण गरे संगै उनिहरुले बनाइएका सामग्रीहरु विक्रीका लागि सहजता ल्याउन विक्री कक्ष निमार्ण गरेको छ । अब राउटे समुदायले निर्माण गरेका सामग्री एउटै छानामुनीबाट विक्री गरिने गुरासँ गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए । समुदायले निर्माण गरेका काठका सामग्रीहरु विक्रीका लागि सहजता ल्याउन गाउँपालिकाको वडा नं. ८ को धरमपोखरा बजारमा विक्री कक्षा निर्माण गरिएको अध्यक्ष ओलीले जानकारी दिए । गुरासँ गाउँपालिका र एईआईएन, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा संचालित राउटे परियोजनाको सयुक्त पहलमा सामग्री संकलन र विक्री कक्ष निर्माण गरिएको अध्यक्ष ओलीले बताए । राउटे समुदायले निर्माण गरेका कोसी, मधुश, आरी जस्ता सामग्रीहरु एकै ठाउँबाट खरिद गर्न सकिने सोसेक दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए । उनका अनुसार राउटे समुदायले निर्माण गरेका सामग्रीहरु कर्णाली प्रदेशको राजधानी विरेन्द्रनर सुर्खेत र काठमाण्डौमा समेत संकलन र बिक्री कक्ष बनाउने योजना अघि सारिएको छ ।
सामग्री विक्री कक्षको निर्माण संगै समुदायका महिलाहरुलाई महिला श्रृगारका सामग्रहरु पोते लगाएतका सामग्रीहरु बुन्न सिकाइएको छ । उनिहरुले बनाएका श्रृगारका सामग्रीहरु समेत विक्री कक्षबाटै विक्री गर्ने योजना बनाइएको संस्थाका संस्थापक अध्यक्ष थापाले बताए । राउटे समुदायका महिलाहरुलाई पोते लगाएतका सामग्री बुन्न सिकाउन महिला नेतृ सिता कुमारी राना धरमपोखरा बजारमा पुगेकी थिइन् । राउटे महिलाहरुले नङ्गकट जस्ता सामग्रीहरु माग गरेको थापाले जानकारी दिए ।

राउटे समुदायलाई चामल वितरण

गुरासँ गाउँपालिकाले राउटे समुदायलाई खाद्यान्न समेत प्रदान गरेको छ । गाउँपालिकाले प्रतिपरिवार चामल लगाएतका खाद्यान्न वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया