हुम्लामा हेलिकोप्टरको पंखाले लागेर एक जनाको मृत्यु

हुम्लामा हेलिकोप्टरको पंखाले लागेर एक जनाको मृत्यु

२९ साउन, काठमाडौं ।

हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । प‌ंखाले लागेर भारतीय नागरिक नगेन्द्रकुमार कार्तिकको मृत्यु भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले जानकारी दिए ।‘अपरान्ह सवा ३ बजे प्यासेन्जर ओराल्दै गर्दा पछाडिपट्टीको पंखाले लागेर मृत्यु भएको हो’, ढुंगानाले भने, ‘हेलिकोप्टर सिमिकोटबाट त्यहाँ गएको थियो ।’ हाल जिल्ला प्रहरी कार्यालय, हुम्लाको टोली मुचुल्का लागि घटनास्थलतर्फ गएको छ ।

प्रतिक्रिया