सडक दुर्घटना रोक्ने अभियानमा रेडक्रस उप–शाखा

सडक दुर्घटना रोक्ने अभियानमा रेडक्रस उप–शाखा

सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि जनचेतनामुलक हातेपर्चा वितरण गर्दै आठवीस नगरपालिका दैलेखको प्रमुख खड्गराज उपाध्याय र उपप्रमुख दिपा बोहोरा ।

दैलेख भदौ ७ ।
सवारी चालक तथा यात्रुहरुलाई सचेत बनाउने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी आठविस नगर उपशाखा र अस्थायी ट्राफिक प्रहरी पोष्ट राकमकर्णालीले सडक दुर्घटना रोक्ने अभियान चलाएको छ । सवारी चालकले सवारी चलाउदा अनिवार्य रुपमा ट्राफिक नियमको पालना गर्नु पर्ने लगाएतका विषयमा जानकारी गराउने उदेश्यले यस्तो अभियान चलाइएको रेडक्रस उपशाखाका सभापति अर्जुन शाहीले बताए ।
आठवीस नगरपालिकाको वडा नं. ४ राकमकर्णालीमा आयोजित सवारी दुर्घटना न्यूनिकरण अभियानको कार्यक्रममा बोल्दै आठवीस नगरपालिकाका नगर प्रमुख खड्गराज उपाध्यायले सवारी चालकले अनिवार्य रुपमा ट्राफिक नियमको पालना गर्नु पर्ने बताए । यात्रुहरुले पनि चालकले सवारी चलाउदा यात्रामा मादक पदार्थ सेवन गर्छ, की भनी निगरानी राख्नु पर्ने बताउदै नगर प्रमुख उपाध्यायले सबै नागरिकहरु सचेत भएको खण्डमा सडक दुर्घटना रोक्न सकिने औल्याए । नगर क्षेत्र भित्रको सडकको जिम्मा लिएका ठेकेदार र वर्षायामका कारण सडकको अवस्था नाजुक भएको भन्दै सडक सुधारका लागि नगरले पहल गर्ने वताए ।
यस्तै आठविस नगर उपप्रमुख दिपा बोहराले साँघुरा सडकमा चालकको लापरवाहीका कारण दुर्घटना बढेको वताउनु भयो । सवारी साधनहरुमा महिला हिंसा र बलात्कारका घटना वढेको हुँदा यात्राका क्रममा विशेष गरि युवतीहरु सजक र सर्तक रहनु पर्ने बताइन् । उनले सवारी दुर्घटना रोक्न स्थानीय तह र अन्य गैरसरकारी संस्थाहरुले चलाएको अभियानलाई सबैले सहयोग आग्रह गरिन् ।
कार्यक्रमको समापनगर्दै नेपाल रेडक्रस आठविस नगर उपशाखाका सभापति अर्जुन शाहीले सडक दुर्घटना रोक्नका लागि सचेत भएर सवारी साधन चलाउन चालकहरुलाई अनुरोध गर्नुभयो । उहाँले रेडक्रसले चलाएको अभियानलाई स्थानिय तह र सरकारी तथा गैरसकारी निकायहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया