काठमाडौँमा सुरु भयो बिमस्टेकको चौथो शिखर सम्मेलन

काठमाडौँमा सुरु भयो बिमस्टेकको चौथो शिखर सम्मेलन

काठमाडौँ, १४ भदौ ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन काठमाडौँमा सुरु भएको छ। सम्मेलनबाट ऊर्जा, व्यापार तथा अप्टिकल फाइबर लगायतमा अन्तरदेशीय सम्पर्क स्थापना गर्ने, बिम्स्टेकको बडापत्र निर्माण गर्ने, आतंकवाद नियन्त्रणमा ठोस कदम चाल्ने, सदस्य राष्ट्रहरुका जनस्तरमा सम्पर्क वृद्धि गर्ने कार्यक्रम ल्याउने लगायत विषयमा छलफल हुनेछ । सम्मेलन भोलि सकिनेछ ।

बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, म्यान्मारका राष्ट्रपति विन मिन्त, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा आएका छन् ।

प्रतिक्रिया