सोसेक दैलेखको महासचिवमा थापा

सोसेक दैलेखको महासचिवमा थापा

दैलेख भदाै ३० ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको महासचिवमा कल्पना थापा चयन हुनुभएको छ । कार्य समितिको मिति २०७५ भाद्र ३० गते शनिवार वसेको बैठकले कार्यसमितिको जिम्मेवारी बाडफाँड गर्दै थापालाई महासचिवको जिम्मेवारी प्रदान गरेको हो ।

यस्तै कार्यसमितिको उपाध्यक्षमा विर बहादुर नेपालीलाई चयन गरिएको छ । यसैगरि सचिवमा महेन्द्र कुमार कार्की, कोषाध्यक्षमा दुर्गा श्रेष्ठ चयन हुनुभएको छ । सदस्यहरुमा टिकादेवी जैसी, कमला चन्द, कृष्णा रावत र कमला कुमारी नेपाली (बादी) रहनुभएको छ ।

कार्यसमितिको निवर्तमान अध्यक्षमा मञ्जु कुमारी खड्का रहनुभएको छ । सोसेक दैलेखको गत भाद्र ११ गते भएको २१ औँ बार्षिक उत्सब तथा साधारण सभा र ८ औ अधिवेशनबाट अध्यक्षमा हीरासिंह थापालाई चयन गरिसकेको छ ।

अधिवेशन बाट निर्वाचित हुनुभएका सदस्यहरुमध्ये बाट कार्यसमितिको उपाध्यक्ष, सचिव, महासचिव, कोषाध्यक्ष र सदस्यको जिम्मेवारी बाँडफाँड गरिएको हो ।

शनिवार बसेको बैठकले अनुगमन समिति, श्रोत परिचालन समिति, आकस्मीक उद्धार समिति, आकस्मीक उद्धार कार्यदल, गुनासो सुनुवाई संयन्त्र, सचिवालय समिति, जोखिम व्यवस्थापन कार्यदल, खरिद समिति, जिन्सी निरिक्षण समिति, आन्तरिक लेखा परिक्षण समिति, सल्लाहकार समिति गठन गरिएको संस्थाका अध्यक्ष हीरासिंह थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया