दोस्रो अन्तरपालिकास्तरीय भलीबल प्रतियोगिता सुरुः

दोस्रो अन्तरपालिकास्तरीय भलीबल प्रतियोगिता सुरुः

१४ दुल्लु दैलेख
दैलेख जिल्लाको दुल्लु नगरपालिकाको पटाङ्गीनी शहिद पुर्ण स्मृति दिवसको आयोजना मा भलीबल प्रतियोगीता सुरु भएको छ ।
प्रतियोगीताको उद्यघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एंवम जिल्ला खेल्कुद विकास समितीका अध्यक्ष दिपक सिजापती ले दैलेख जिल्लामा खेलकुदको बिकास भईरहेको र दुल्लुमा पनि यसको बिकासको लागी भलिबल प्रतियोगीता गरेको मा सहिद पुर्ण स्मृति दुल्लुलाई धन्यवाद दिदै दैलेख जिल्लामा खेलकुदको विकास गर्नमा सबैको ध्यान पु¥याउन आवश्यक देखीने कुरा बताउनुभको छ । त्यस्तै कार्यक्रम प्रतिस्ठानका अध्यक्ष रत्न बहादूर शाहीले खेलाडीको अनुसाशन नै गहना हो खेलाडीलै नै आफनो ठाउँ र देशलाई चिनाउन सफल हुन सक्नु पर्छ । र ३ दिने प्रतियोगीतात्मक खेल सब्य र राम्रो तरीकाले अगाडी बढ्न आग्रह गरेका छन ।
कार्यक्रममा शहीद पुर्ण बहादुर भण्डारी को १६ आँै स्मृति दिवशको अबसर पारेर गरीयको आयोजनामा भण्डारीकि धर्मपत्नि ,नेपाली कांग्रेस दुल्लुका सभापति टंक रीमाल ,रेडीयो दुल्लु एफ एम का स्टेशन म्यानेजर निरक बहादुर शाही ,दुल्लु नगरपालीकाका प्रशासकिय प्रमुख , लगायत राजनिती दलका प्रतिनिधीहरुको उपस्थित भएको थियो ।
भलीबल खेलमा दैलेखका नारायण नगरपालीका र नौमुले गाउँपालिका बाहेक ९ वटा स्थानिय तहको सहभागीता रहेको छ । आइतबार भएको पहिलो दिनको खेलमा गराँस गाउँपालिका ,डुङ्गेश्वर गाउँपालिका, भगवतिमाई गाउँपालिका, भैरबी गाउँपालिका, महाँबु गाउँपालिका र ठाँटिकाध गाउँपालिकाले खेलेका छन् । भने पहिलो दिन भएको खेलमा गराँस गाउँपालिकालाई २ अँकले पछाडी पार्दै डुङ्गेश्वर ले जित हासिल गरेको छ । भैरबीलाई पनि २अँक ले पछाडी पार्दै भगवतिमाई गाउँपालिको टिमले जित हासिल गरेको छ ,।त्यस्तै महावु गाउपालीकालाई ७ अँकले पछाडी पार्दै ज्योति दशौँदिको दरो सट परारले गर्दा ठाटिकाँध गाउपालीकाले स्थान ओगटन सफल भएको छ । खेल अहीले सम्मकै सबैभन्दा उत्शाहीत र आकर्षक ठाटिकाँध र महावुकौ नै देखीयको छ । अब आठबिस नगरपाल्किा र चामुण्डा विन्दाशैनि नगरपालीका को खेल सुरु हुदैछ ।
असोज १४ गते आइतबार देखी सुरु भएको खेल असोज १६ गते मंगलबार सम्म चल्ने आयोजक ले जानकारी दिएको छ ।

प्रतिक्रिया