कर्णालीमै चिकित्सा विधाको एमडीजिपी पढाइ हुने

कर्णालीमै चिकित्सा विधाको एमडीजिपी पढाइ हुने

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा विधाको मास्टर डिग्री इन जनरल प्राक्टिक्स ९एमडीजिपी०को पठनपाठन शुरु गर्ने तयारी गरेको छ । सो तहको अध्यापन शुरु गर्न भौतिक एवं शैक्षिक तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले सो तहको पठनपाठन शुरु गर्न नेपाल मेडिकल काउन्सिलले अनुमति दिन मात्र बाँकी रहेको बताए । प्रतिष्ठानले यसअघि नर्सिङ विषयको स्नातक तहको प्रसूति – मिडवाइफ- सम्बन्धी अध्यापन शुरु गरिसकेको छ । सो विषयको अध्यापनअध्यापन हुनेमा सो प्रतिष्ठान तेस्रो रहेको छ ।

त्रिविवि चिकित्सा अध्ययन संस्थान र काठमाडौँ विश्वविद्यालयमा पनि सो तहको अध्ययनअध्यापन हुन्छ । “सो विषयको पठनपाठनले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, डोल्पा, मुगु, सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, पश्चिम रुकुम र कालीकोट जिल्लाको स्वास्थ्य स्थितिलाई सुधार गर्न अहम् भूमिका निर्वाह गर्छ”, प्रशासकीय अधिकृत भण्डारीले भने ।

प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रतिष्ठानको २०७५ वैशाख १ गते सम्पन्न सिनेट बैठकले प्रतिष्ठानमा चिकित्सा विज्ञानको स्नातक तह९एमबिबीएस०, एमडीजिपीलगायत शैक्षिक कार्यक्रम शुरुआत गर्ने निर्णय गरेको थियो । प्रतिष्ठानले एमबिबीएस तहको अध्ययनअध्यापन गर्न गृहकार्य गरिसकेको उनले जानकारी दिए ।

सरकार र प्रा डा गोविन्द केसीका बीचमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबीएस तहको अध्ययनअध्यापन शुरु गर्ने विषयमा पनि सहमति भएको थियो । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा धर्मकान्त बाँस्कोटाले प्रतिष्ठानमा एमडीजिपीको अध्यापन अनुमति दिन काउन्सिलको विज्ञ टोलीले स्थलगत अध्ययन पूरा गरी प्रतिवेदनको तयारीकाक्रममा रहेको जानकारी दिए ।

“एमबिबीएस तहको अध्ययनअध्यापनका लागि ३०० श्ययाको अस्पताल र ६२ वटा विधागत सङ्काय चाहिन्छ । प्रतिष्ठानमा छ कि छैन रु भावनामा चिकित्सा शिक्षाको पढाइ हुने होइन” उनले भने । प्रतिष्ठानलाई कर्णाली प्रदेशको चिकित्सा स्वास्थ्य र शिक्षाका लागि नमूना प्रतिष्ठान बनाउन जुटेको प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्र वाग्लेले जानकारी दिए ।

प्रतिक्रिया