निजामति कर्मचारीले भ्रष्टाचार नगर्ने प्रतिबद्धताबाट कार्य प्रारम्भ गर्नुपर्ने

निजामति कर्मचारीले भ्रष्टाचार नगर्ने प्रतिबद्धताबाट कार्य प्रारम्भ गर्नुपर्ने

काठमाडौं, १८ असोज ।

अबदेखि निजामति कर्मचारीले भ्रष्टाचार नगर्ने प्रतिबद्धताबाट कार्य प्रारम्भ गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक विज्ञप्ती जारी गर्दै हरेक राष्ट्र सेवक कर्मचारीले आफ्नो हरेक दिनको कार्यप्रारम्भ गर्नुअघि भ्रष्टाचार नगर्ने प्रतिबद्धता गर्न अनिवार्य नीतिको रुपमा आग्रह गरेको हो । कर्मचारीले ‘म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार हुन दिन्न’ भन्ने प्रतिज्ञा वाचन गर्न सरकारले भनेको छ । यस्तो कार्य मंगलबारबाट शुरु भएको जनाइएको छ । सुशासन र सदाचारको प्रवद्र्धन गर्न यस्तो गर्न लागिएको जनाइएको छ ।

यस्ताे छ सूचना

प्रतिक्रिया