दैलेखमा लायन्सको गेट

दैलेखमा लायन्सको गेट

दैलेख कात्तिक ११ ।
दैलेख सदरमुकाम प्रवेश गर्ने मुख्य गेटको उद्घाटन गरिएको छ । लायन्स  क्लव अफ दैलेखले सदरमुकाम छिर्ने प्रमुख सडकमा गेट बनाएको हो । कुल ५ लाख लागतमा सुन्दर स्वागत गेट निर्माण गरिएको लायन्स क्लव अफ दैलेखका अध्यक्ष भिमबहादुर विष्टले जानकारी दिनुभयो । प्रतिनिधि सभा सदस्य पार्वती विशुन्के र लायन्स  क्लव ईन्टरनेशनल डिस्टिक ३ सय २५ वि टु का निर्वतमान गर्भनर मधुसुधन शर्माले संयूक्त रुपमा गेटको उद्घाटन गरेका छन् ।

गेट उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापा, नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्का, दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा, लायन्स क्लव अफ दैलेखका सदस्यहरु, पत्रकार लगाएत सहभागि थिए । गेट १ वर्ष लगाएर बनाएको क्लवका सदस्य तथा गेट निर्माण संयोजक राजेशकुमार हमालले जानकारी दिनुभयो ।
क्याप्सन ः लाईन्स क्लव अफ दैलेखले बनाएको गेट ।

प्रतिक्रिया