बहुमुल्य पत्थरसहित एक जना पक्राउ

बहुमुल्य पत्थरसहित एक जना पक्राउ

सुर्खेत-प्रहरीले बहुमुल्य पत्थर तुरमालिनसहित एक जना पक्राउ गरेको छ।प्रहरी चौकी छेडाचौर जाजरकोटले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ का ५१ को धर्मबहादुर बस्नेतलाई पक्राउ गरेको हो।

अबैध रुपमा चोरी, निकासी भई रहेको सुचना आधारमा प्रहरीले जाजरकोटको छेडाबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख -डिएसपी- रविन्द्रबहादुरर सिंहले बताए।

उनले बरामत गरिएको पत्थर परिक्षणको लागी प्रदेश राजधानी वीरेन्द्रनगरस्थित भुकम्प मापन केन्द्रमा पठाईएको जानकारी दिए। ज्वलर्स लगायत श्रृगारिक सामग्री बनाउन उक्त पत्थरको प्रयोग गरिन्छ।

यो पत्थर जहाँत्याँही नपाइने र महंगो मुल्यमा विक्रि हुने उनले बताए। ‘जाजरकोटमा पत्थरको परिक्षण प्रयोशाला नभएकाले त्यसको मुल्यबारे एकिन गर्न सकिएन’ उनले भने,‘आवश्यक प्रशोधन गरिएको अन्तराष्ट्रिय बजारमा यसको माग बढ्दो छ।’ पत्थरसहित पक्राउ परेका बस्नेत माथि थप अनुसन्धान थालिएको छ।

प्रतिक्रिया