मखमलि र हजारि फुलको मालाकाे सट्टामा रेडिमेट चाइनिज मालाकाे प्रयोग वढ्दाे

मखमलि र हजारि फुलको मालाकाे सट्टामा रेडिमेट चाइनिज मालाकाे प्रयोग वढ्दाे

तिहार नजिकिदै गर्दा सल्यानकाे सल्लिवजारमा किनमेल गर्नेको भिडभाड वढेकाे छ । गाउँ देखि वजारमा विहान देखि वेलुकि अवेर सम्म स्थानियकाे वजार अावत जावतमा वृद्धि भएको देखिन्छ ।विशेष त तिहारमा दिदिले अाफ्ना भाइलाई लगाइदिने माला,खानेकुरा र कपडा लताे किन्नेकाे सख्या उल्लेख्य रुपमा रहेको छ ।गाउँघरमा हजारि फुल नपाए पछि रेडिमेट माला वढि खपत भएको छ ।भाइलाई लगाइदिने मखमलि फुल,हजारि फुलकाे मालाकाे सट्टामा दिदिबहिनीले प्रया यहि रेडिमेट चाइनिज माला प्रयोग गर्ने भएकोले वढि विक्री भएको व्यापारीहरुकाे भनाइ छ ।विगत पछिला वर्षहरुमा सजिलो रेडिमेट मालाकाे प्रयोग वढिरहेकाे छ ।गाउँघरका करेसा वारिहरुमा फुलहरु लाउन छाडिसके ।पहिले जसै बारिका ढिकढाकमा ढक्कमक्न फुल्ने हजारि फुलहरु अब भेटिदैन्न ।

प्रतिक्रिया