जिल्ला अस्पताल कालिकोट प्रदेश सरकारलाई हस्तान्त्रण

जिल्ला अस्पताल कालिकोट प्रदेश सरकारलाई हस्तान्त्रण

कालिकोट, जिल्ला अस्पताल कालिकोट कर्णाली प्रदेश सरकारको मातहतमा रहनेगरि हस्तान्त्रण गरिएको छ। बिहीबार एक औपचारिक कार्यक्रमका बीच जिल्ला अस्पताल कालिकोटलाई प्रदेश सरकार मातहतमा हस्तारण गरिएको हो।
क्ेहि समय स्थानिय तहले हेरिरहेको जिल्ला अस्पताल ,अव प्रदेश सरकारको मातहतमा रहने भएका छन । नेपाल सरकारको निर्यण अनुसार नेपालका ७७ वटै जिल्लाका जिल्ला अस्पतालहरूलाई प्रदेश सरकार मातहत रहने गरि जिल्ला अस्पताल कालिकोटलाई पनि प्रदेश सरकार माहतहतमा लगिएको हो।
कर्णालीका जिल्लाहरु भौगोलिक रूपमा विकट रहेकाले स्वास्थ्य सेवाबाट बञ्चित नागरिकलाई प्रभावकारी रुपमा सेवा र्पुयाउन स्थानीय तहमा अस्पताल सञ्चालन गर्ने सरकारको अवधारणाअनुसार प्रदेश सरकार मातहतमा ल्याइएको कर्णाली प्रदेशका सदस्य माननिय कुर्मराज शाहिले बताए । ‘ग्रामीण क्षेत्रमा बस्ने नागरिकहरूलाई शुरुमा आवश्यक पर्ने प्राथमिक स्वास्थ्य सेवा र्पुयाउन प्रदेश सरकार तयार छ’, उनले भने, ‘जिल्ला अस्पतालमा उपकरणको अभावरहेकोले तिहार पछि संसदमा कुरा उठाएर आवश्यक उपकरणको उपलव्ध गराउने प्रतिवद्धता गरे ।१५ शैय्याको जिल्ला अस्पताल ५० शैययाको बनाउन पहल थालिने पनि बताए ।कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव मान बहादुर विकले जनसंख्याका आधारमा १५ शैय्याको जिल्ला अस्पताललाई ५० शैययाको बनाउन आवश्यक देखिएको बताए ।उनले भने,अस्पतालमा देखिएको उपकरण र कर्मचारिको समस्यालाई तत्काल पहल थादिने बताए ।
यस्तै संविधान सभा सदश्य तुलाराज विस्टले जिल्लाका जिल्ला अस्पताल प्रदेश सरकारको मातहतमा जानु संघियता विरोधि भएको अरोप लगाए । दक्ष कर्मचारिको अभाव , उपकरणको अभाव र जिणदार भवनको स्तरउन्तिको लागि नगरपालिकाले वजेट दिइरहेको वेला प्रदेश सरकारको मातहतमा लिनु सरकारको निर्यण गलत भएको बताए । उनले भने ,नामको जिल्ला अस्पताल भएपनि अहिले छिमेकि जिल्लाहरु अछाम ,दैलेख र वाजुरा वाट विरामि सेवा लिन आउने भएको हुदा यसलाई ५० शैय्याको बनाउन आवश्यक रहेको बताए ।
अहिले अस्पतालमा आवश्यक उपकरण अभाव, फोहोर मैला तथा बायोग्यास प्लान्टको स्थापना , थ्रिफेज बिँद्युत लाइन सप्लाई र अस्पताल सडक संञ्जालसंग जोडिएको हुनाले एम्बुलेन्सको ब्यवस्था गर्न प्रदेश सरकारसंग माग गरेको छ । आवश्यक सेवाकक्षहरुको निर्माण भइरहेको हुदा सेवा दिन कढिनाई भइरहेको पनि जनाकारि गराएको थियो ।

दक्ष जनशक्तिm र उपकरणको अभावमा यसभन्दा अगाडि धेरैले अकालमा ज्यान गुमाउनु परेको भन्दै, प्रदेश सरकारले अव यसको छिटो भन्दा छिटो संवोधन गर्नु प्रर्ने कालिकोट वासिको माग रहेको छ ।

प्रतिक्रिया