दैलेखका सम्पदाहरुको खोजी गर्दै विज्ञ

दैलेखका सम्पदाहरुको खोजी गर्दै विज्ञ

दैलेख कात्तिक २७ ।

सम्पदाहरुको खोज र अनुसन्धान गर्न काठमाण्डौंबाट विज्ञहरूको टोलि दैलेख पुगेका छ। नेपाल सरकारले दैलेखको पंचदेवल, कोतगडी, बेलासपुर मन्दिर, पंचकोशी क्षेत्रमा पर्ने शिरिस्थान, नाभिस्थान, पादुका, कोटीला, लगायतका स्थानहरुलाई नयाँ गन्तब्यको रुपमा नामाँकरण गरे लगत्तै यस स्थानमा पर्यटकहरुको आगमन बढेको हो ।

टोलिमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती गंगा उप्रेती, सदस्य सचिव जगत उपाध्याय, संस्कृति विद् प्रा.डा. जगमान गुरुगं, जिवेन्द्र देव गिरी, पूर्व उपकुलपती डा. बिष्णु घिमिरे, प्रा.डा. केशव सुवेदी, प्रा.डा.धनेश्वर नेपाल, प्रा.डा. राजाराम सुवेदी, प्रा.डा.मधुसुदन गिरी, रा.स.स.का अध्यक्ष एवं साहित्यकार हरिहर अधिकारी श्यामल छन् ।

टोलिले दैलेख सदरमुकाम नजिकै भुर्तीमा रहेको पंचदेवल, बेलासपुर मन्दिर, कोतगडीको अवलकोन गरेका छ।

दुल्लूमा नेपाली भाषाको पहिलो सिलालेक, तेह्रौं शताब्दिका मुर्तिहरु र देवल खम्ब रहेको छ । शिरिस्थान क्षेत्रसँगै पंचकोशी क्षेत्र र दुल्लूमा रहेका कृतिखम्ब, देवल लगायतका सम्पादहरुको अनुसंन्धान गरिने भ्रमण टोलिका जगत उपाध्यायले बताएका छन् ।

मल्लकालिन समयमा निर्माण गरिएको भुर्तीका पंचदेवल लगायतका ऐतिहासिक सम्पादहरुमा पर्यटकहरुले सहज हेर्न पाउने बनाउनुपर्ने, सरकारले यस्ता बस्तुहरुको थप संरक्षणमा पहल गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।

दैलेखका स्थानीय सरकारहरुले ठोस योजना लागु गरेर सम्पदा संरक्षण र प्रचार प्रसारमा लाग्नुपर्ने बेला आएको जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया