अाज अन्तराष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

अाज अन्तराष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

दैलेख मंसिर ४ ।

‘‘सुखी नेपाली, समृद्ध नेपाल : बाल अधिकार सबैको सरोकार” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घले बाल अधिकारसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा दिनमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइएको हो ।

नेपालसहित विश्वका १९३ राष्ट्रहरूले यो महासन्धिलाई अनुमोदन गरिसकेका छन् । बालबालिकाहरूको आधारभूत आवश्यकताहरु पूरा गरी खुसी, शान्ति र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन सुरु गरिएको केन्द्रीय बालकल्याण समिति सूचना अधिकृत रामबहादुर चन्दले जानकारी दिनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय बाल दिवसको मुख्य उद्देश्य भनेकै बालबालिकाहरु माथि भइरहेको हिंसा र दुव्र्यवहारहरुको निराकरण गरी उनीहरूको व्यक्तित्व विकास नरोकिने खालको सहज परिस्थितिको वातावरण सिर्जना गरिदिनु रहेको जानकारी दिनुभयो ।
चन्दले अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नेपालमा बालबालिकाको स्थिति २०७५ नामक वार्षिक प्रतिवेदन बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सार्वजनिक गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
सडक बालबालिकाको क्षेत्रमा काम गर्न भनेर सयौँ सङ्घ–संस्था दर्ता भएका छन् । सङ्ख्या हेर्ने हो भने सडकमा भएका बालबालिकाभन्दा यो क्षेत्रमा काम गर्ने संस्थाको सङ्ख्या बढी देखिन्छ । उनीहरूका लागि काम गर्ने सङ्घ–संस्थाको सङ्ख्या ५२५ छ । तीमध्ये केही संस्थाहरु सक्रिय रूपले काम गरिरहेका छन् । ११ वटा संस्था मात्रै सक्रिय भएको जनाइएको छ ।

प्रतिक्रिया