चोर पक्रन घुस माग्ने प्रहरी निरीक्षक अख्तियारको फन्दामा

चोर पक्रन घुस माग्ने प्रहरी निरीक्षक अख्तियारको फन्दामा

काठमाडौँ मंसिर ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय, बाबियाचौर, सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक सुशोभन श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । एक सेवाग्राहीको सुनचाँदी पसल चोरी भएकोमा चोर पक्राउ गर्न सहजीकरण गरिदिने भन्दै प्रहरी निरीक्षक श्रेष्ठले रु १५ हजार घुस माग्दामाग्दै आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो । आयोगले जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

प्रतिक्रिया