तरकारी खेती किराले नष्ट गरेपछी कृषक चिन्तित

तरकारी खेती किराले नष्ट गरेपछी कृषक चिन्तित


दुल्लु मंसिर १३ 

तरकारी खेतिलाई जिविकोपार्जनको माध्ययम बनाउदै आएका ठाँटिकाँध गाउँपालीका –६ भडाचौरका कृषकले लगाएको तरकारी बालीमा किरा लाग्दा उनिहरु चिन्तित बनेका छन् । स्थानीय कृषकहरुले लगाएको मुला, टमाटर, गोपी, प्याज, काउलि, अदुवा, वेसार, भान्टा लगाएतका तरकारीमा किरा लागेको भडाचौरकी कृषक लक्ष्मी थापाले बताइन् । बारीमा लगाएको तरकारीमा किरा लागेपछि किरा नियन्त्रणका गाउँपालिकाले पनि चासो नदिएको थापाको भनाई छ ।

स्थानीय कृषक शारदा थापाका अनुसार गाउँपालिकाले तरकारी खेतीका लागि टनेल वितरण गरी तरकारी खेतीमा आधुनिक प्रविधि भित्¥याउने जनाएपनि अहिले सम्म कुनै कदम अगाडी नबढाएको बताइन् । आफुहरुले लगाएको तरकारी किराले नष्ट पारेको उनको भनाई छ । उनका अनुसार बारीमा लगाएको तरकारीको जरा र पात किराले सखाप पारेको छ । ‘झण्डै तीन समय मिटर टाढाबाट आफ्नै लगानीमा सिचाई गर्न पानी ल्याएका छौ, सिचाईका लागि अझै पनि पानीको अभाव झेलिरहेका छौ, लगाएतको तरकारी किराले खाएकै छ त्यसमाथी उत्पादित तरकारीले बजार पाउन मुस्किल छ, उनले भनिन् ।’

उनका अनुसार स्थानीय कृषकहरुले आलु प्रतिकेजी ३० रुपैयाँ, टमाटर १८, भान्टा २५ रुपैयाँका दरले सब्जीमण्डीमा विक्री गरेका छन् । दुःख गरेर उत्पादन गरेको तरकारीले उचित मुल्य नपाउने गरेको स्थानीय कृषकले दुःखेसो पोखेका छन् । तरकारी मण्डीले यहाँ उत्पादन भएको तरकारी मण्डीबाट आलुको प्रतिकेजी ४० रुपैयाँ र टमाटर २५ रुपैयाँका दरले सुर्खेत निर्यात गर्ने गरेका छन् । लगाएको तरकारीमा किरा लागेर कुहिएपछि आफुले घाटा बेहोर्नु परेको कृषक शेर बहादुर थापाले बताए ।

सोहि वडाका वडाअध्यक्ष मन बहादुर सिजापतीले अहिले स्थानीय सरकारसंग प्राविधिक जनशक्तिको अभाव रहेको बताउदै आगामी बर्ष देखि कृषि क्षेत्रमा भएका समस्याहरु समाधान गर्न पहल थाल्ने बताए । यस्तै गाउँपालिकाका उपाध्यक्ष सुस्मीता सिंहले प्राविधिक जनशक्तिको कमी भएको बताउदै तत्काल कृषि प्राविधिकहरु व्यवस्थापन गरेर किटनासक औषधी वितरण गर्ने बताइन् ।

प्रतिक्रिया