नेपाल ईन्जिनियर्श एसोयिसनको चुनाव, हाम्रो एजेण्डा पूर्ण रुपमा ब्यवहारिक र ब्यवसायिक छ – केसी

नेपाल ईन्जिनियर्श एसोयिसनको चुनाव, हाम्रो एजेण्डा पूर्ण रुपमा ब्यवहारिक र ब्यवसायिक छ – केसी


दैलेख, मंसिर १६
नेपाल ईन्जिनियर्श एसोसियनमा लोकतान्त्रिक समूहको प्यानलले पूर्ण रुपले व्यवसायिक रहेकोले आफ्नो समूहको जीत निश्चित रहेको दावी गरेको छ । रिपोर्टर्स क्लव दैलेखमा गरिएको साक्षात्कार कार्यक्रममा कर्णाली प्रदेशका सभापती पदका उम्मेदवार हरि केसीले विवाद रहित तरिकाले आपसी समझदारीमा चुनावी मैदानमा आएकोले आफुहरु बिचमा कुनै समस्या नभएको औल्याए । उनले ब्यवहारिक र ब्यवसायिक एजेण्डाका चुनावी मैदानमा आएकाले जित सुनिश्चित भएको सभापती पदका उम्मेदवार केसीले बताएका हुन् ।

विगत लामो समयदेखि यसै क्षेत्रमा नै आफ्नो टिमका उम्मेदवारहरुले काम गरिसकेकाले लोकतान्त्रिक समूहले चुनाव जित्ने आधार बलियो रहेको दावी गरे । कर्णाली प्रदेश स्तरिय भवन निर्माण, नयाँ ईन्जिनियरहरुका लागि राष्टिय आयोजनाहरुमा समावेश गर्न पहल गर्ने, न्यूनतम पारिश्रमिकको लागि पहल गर्ने जस्ता महत्वपूर्ण एजेण्डाहरु हामिले अगाडी सारेकोले आफुहरुलाई चुनावी लडाईमा सहज हुने उम्मेदवारहरुले ठोकुवा गरे । कर्णाली प्रदेशमा जम्मा २२५ मतदाता रहेकोमा बहुमत सदस्य लोकतान्त्रिक समूहको रहेको समेत उल्लेख गरेका छन् ।

कार्यक्रममा सभापती पदका उम्मेदवार हरि केसी, उप सभापती पदका उम्मेदवार खुम बहादुर भण्डारी, सचिव पदका उम्मेदवार जनक भट्टराई, कोषाध्यक्ष पदका उम्मेदवार माधव रिजाल, केन्द्रिय समिति प्रतिनिधि पदका उम्मेदवार सरोज कुमार दाहाल, सदस्य पदका उम्मेदवार कपिल बुढा लगायतले आफुहरु अन्तिम तयारीमा लागि परेको बताएका थिए । कार्यक्रम रिपोर्टर्स क्लव दैलेखका कार्यवहाक अध्यक्ष अभिषेक अनुरागको अध्यक्षतामा रहको थियो भने कार्यक्रमको संचालन सहसचिव तिर्थ भण्डारीले गरेका थिए ।

 

प्रतिक्रिया