बेस्तडामा पनि विचार विमर्श कार्यक्रम

बेस्तडामा पनि विचार विमर्श कार्यक्रम

 
दैलेख मंसिर २५ ।
लैंगिक हिंसा रोकथामका लागि सञ्चालन गरिएको १६ दिने अभियान अन्तरगत अन्तिम दिन सोमवार भगवतीमाई गाउँपालिकाले बेस्तडामा बृहत विचार विमर्श कार्यक्रम गरेको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य पार्वती बिशुन्केले महिलाहरुको जीवनस्तर उठाउन आर्थिक उपार्जनका कार्यक्रम सञ्चालन गरिनुपर्ने बताइन् ।
साँसद बिशुन्केले आर्थिक अवस्था उठाउन सके राजनीतिक, शैक्षिक र सामाजिक हैसियत उच्च हुँदै जाने बिश्लेषण गरिन् । उनले छोरी बुहारीको शिक्षामा लगानी बढाउन स्थानीय तह र समुदायको सहयोग आवश्यकता औंल्याइन् ।
त्यसबखत भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले महिला हिंसा बढ्नुमा मदिरा प्रमुख कारण भएकोले गाउँपालिकाले थालेको मदिरा नियन्त्रण अभियानलाई सघाउन स्थानीय बासिन्दालाई आग्रह गरे ।


जिल्ला समन्वय समन्वय समितिका सदस्य नन्दबहादुर खड्काले महिलाहरुको कार्यबोझ घटाएर सामाजिक काममा अग्रसरता बढाउनुपर्ने बताए । नेकपाका कर्णाली प्रदेश सदस्य मायाराम अधिकारीले महिला अधिकारका लागि पुरुषहरुको सहकार्य जरुरी रहेको बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्र रेग्मी, अनेमसंघकी कर्णाली प्रदेश सदस्य सत्यदेबी अधिकारी, नेपाली काँग्रेसका जगत शाही, महिला सञ्जालका मनिषा सोनी, भगवतीमाई गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर शाही, कार्यपालिका सदस्य पवित्रा नेपाली, गैसस महासंघकी जिल्ला सदस्य राधा मल्लले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान, स्थानीय परिवेश र समस्या समाधानका उपाय विषयमा प्रकाश पारेका थिए ।
महिला स्वास्थ्य स्वयम्सेविका, महिला समूहका अगुवा महिलाहरु, गैससका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, नागरिक समाजका अगुवा र सरोकारवालाहरुको सहभागिता थियो । उक्त कार्यक्रमको रेडियो धु्रवताराले प्रत्यक्ष प्रसारण गरेको थियो ।

प्रतिक्रिया