प्रजनन् स्वास्थ्य अधिकारको माग

प्रजनन् स्वास्थ्य अधिकारको माग


दैलेख मंसिर २५ ।
दैलेखको डुङ्गेश्वर गाउँपालिकाका महिलाहरुले गाउँपालिकाको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन वडा स्तरिय महिला संजाल लाँकुरी र डाडापराजुलका महिलाहरुले प्रजनन् स्वास्थ्य अधिकारको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । महिलाको आङ्ग खस्ने समस्या र यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि पाँच बुँदे मागहरु सहित ध्यानाकर्षण पत्र बुझाइएको हो ।
ध्यानाकर्षण पत्रमा आङ्ग खस्ने समस्याको दिगो समाधानका लागि बाल विवाह न्यूनिकरण गर्न गाउँपालिकाले योजनामा समावेश गरेर प्राथमिकता दिनुपर्ने माग राखिएको छ । यस्तै गाउँपालिकाबाट बाल अधिकार र महिला अधिकार शसक्तिकरणका गर्ने शिर्षकमा विनियोजित बजेट अन्यत्र खर्च गर्न नपाउने गरी कडा कानुन निर्माण गर्नेपर्ने, लैंङ्गिक संवेदनशिलता, बाल अधिकार र यौनतथा प्रजनन् स्वास्थ्य सम्बन्धि अधिमुखिकरण गरिनुपर्ने माग छ ।
विद्यालयमा किशोरीमैत्री शौचालय र प्याडको व्यवस्थापन गर्नुपर्ने, आङ्ग खस्ने समस्या भएका सबै महिलाहरुलाई उपचारमा पहुँच पु¥याउनुपर्ने माग ध्यानाकर्षण पत्रमा उल्लेख गरीएको छ ।

ध्यानाकर्षण पत्र बुझाउँदै महिलाहरु ।

यसैविच अभियानकै अबसरमा डुङ्गेश्वर गाउँपालिकाको आयोजना, महिला शसक्तिकरण मञ्च दैलेखको सहआयोजना तथा वातावरणिय कृषि तथा विकास केन्द्र (केड) सुर्खेतको सहयोगमा महिला हिंसा महिनावारी र विभेदका कारण राजनीतिमा परेको असर विषयक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ । अन्तरक्रिया सँगै सोहि विषयमा साँस्कृतिक कार्यक्रम समेत गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा डुङ्गेश्वर गाउँपालिकाका उपाध्यक्ष सिता ज्ञवालीले विभिन्न कारणहरुले अहिले पनि महिलाहरु हिंसा सहन बाध्य भएको बताइन् । महिला हिंसा विरुद्ध गाउँपालिकाले विभिन्न अभियाा चलाउँदै आएको बताउदै उपाध्यक्ष ज्ञवालीले आफ्नो नेतृत्वमा रहेको न्यायिक समितिमा आउने मुद्धाहरुलाई आफ्नो अधिकार क्षेत्र भित्रको गाउँपालिकामै मिलाउनले गरेको र अधिकार नभएका मुद्धाहरु दैलेख जिल्ला अदालतमा पठाउने गरेको औल्याइन् ।

प्रतिक्रिया