आत्महत्याबाट जोगाउन खोज्दा भएको आक्रमणमा घाइते जुवाराको मृत्यु

          |   प्रकाशित मितिः मङ्लबार, पुस ३, २०७५     ::: 263 पटक पढिएको   |  


दैलेख – नारायण नगरपालिका–३ भूर्तीमा आत्महत्या गर्न खोजेका व्यक्तिलाई जोगाउन खोज्दा सोमबार दिउँसो भएको आक्रमणमा घाइते महिलाको पनि ज्यान गएको छ । दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेकी ७० वर्षीया जुवारा नेपालीको सोमबार राति ज्यान गएको प्रहरी जनाएको छ ।

आत्महत्या गर्न लागेका २६ वर्षीय बालाराम नेपालीलाई रोक्न खोज्दा कोदालोले हिकाई ४७ वर्षीया आमा पार्वती नेपालीको हत्या गरेका थिए । लगत्तै उनले घरमै बसेकी बज्यै जुवारा नेपाली र अन्य छिमेकी २ महिलालाईसमेत घाइते बनाएका थिए । घाइते ६४ वर्षीया मनधरा नेपाली र २४ वर्षीया कौशिला नेपाली सामान्य उपचारपछि घर फर्किएका थिए ।

नाम्लोले पासो लगाउन खोजेका बालारामलाई त्यसो नगर्न आमा पार्वतीले सम्झाउन खोज्दा उल्टै बालारामले आमामाथि कोदालो प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलको टोलीले बालारामलाई नियन्त्रणमा लिई प्रहरी हिरासतमा राखेको छ । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि दैलेख अस्पतालमा राखिएको छ ।

बालारामले गएको वर्ष पनि आफैँले ब्लेटले घाँटीको केही भाग रेटेर घाइते हुँदा २ महिना अस्पतालमा राखेर उपचार गरिएको थियो ।



Leave a comment

Your email address will not be published.


*