बालकको शव स्कुलकै पानी ट्यांकीमा भेटियो

बालकको शव स्कुलकै पानी ट्यांकीमा भेटियो

घटनाबारे छानवीनको माग

दैलेख पुस ४
दैलेखमा एक बोर्डिङ स्कुलबाट हराएका बालक स्कुलकै पानी ट्यांकीमा मृत फेला परेका छन् । मंगलवार दिउस १ बजे देखि विद्यालयबाटै बेपत्ता भएका बालकको शव आज विहान ८ बजे स्कुलको पानी ट्यांकीमा फेला परेको हो । दैलेखको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिका–३ घर भई हाल नारायण नगरपालिका – १ मा ब्यवसाय संचालन गर्दै आएका तपेन्द्र शाहीका ६ बर्षिया छोरा हिक्मत शाहीलाई मंगलबार बिहान स्कुल गएर घर नफर्केपछि खोजीकार्य तीव्र पारिएको थियो ।
दैलेख सदरमुकाम स्थित एकान्तकुनामा रहेको सनराईज बोर्डिङ स्कुलमा युकेजीमा अध्ययनरत ६ वर्षीय हिक्मत शाहीको शव बुधबार बिहान सोही स्कुलको सेफ्टी ट्याङ्कीमा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोखरेलले जानकारी दिनुभयो । प्रहरीका अनुसार बालक भेटिएको पानी ट्यांकीको गहिराई साढे २ फिट मात्रै रहेको छ ।
मंगलवार दिउस देखि नै बालकको खोजीकार्य जारी रहेपनि आज विहान मात्रै बालकको शव उनी पढ्दै गरेको स्कुलको फोहोर पानी रहेको ट्यांकीमा भेटिएको हो । बालकको शव विद्यालय पोषाक तथा परिचय पत्र बोकेकै अवस्थामा पानी ट्यांकी भित्र भेटिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको बताउदै प्रहरी प्रमुख पोखरेलले घटनाबारे सोधपुछका लागि सनराईज बोर्डिङ स्कुलका शिक्षक, शिक्षिकालाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । बालकको शव पोष्टमार्टमका लागि दैलेख अस्पताल पु¥याइएको छ । पढ्दै गरेको विद्यालयबाटै बेपत्ता बालक सोही स्कुलकै पानी ट्यांकीमा मृत अवस्थामा फेला परेपछि घटना थप रहस्यमय बनेको छ ।

घटनाबारे छानवीनको माग

मृतक बालकको आफन्तले घटनाबारे थप छानवीन गरेर दोषिमाथी कार्बाही हुनुपर्ने माग गरेको छन् । मृतक बालकका ठुलोबुबा राजेन्द्र शाहीले घटना शंकास्पद रहेकोले घटनाबारे छानवीनको माग गरेका छन् । ‘सुरुमा विद्यालय प्रशासनको कमजोरी हो,’ त्यसमाथी ट्यांकीमा भरि पानी पनि छैन्, बच्चाको पेटमा पनि पानी छैन्, त्यसकारण यो घटना निकै शंकास्पद् छ, ठुलोबुबा राजेन्द्रले भन्नुभयो ।

प्रतिक्रिया