स्थानीय तह सशक्त हुनुपर्छ

स्थानीय तह सशक्त हुनुपर्छ


दैलेख– राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले समाजका कुरीति, कुचलन हटाउन स्थानीय तहहरु सशक्त रुपमा लाग्नुपर्ने आवश्यकता औल्याएकी छिन् । दैलेखमा पत्रकारहरुसित कुरा गर्दै उनले भनिन् ‘स्थानीय तहलाई अधिकार पनि छ, बिकृति हटाउन जनप्रतिनिधिको दायित्व पनि हो ।’
राष्ट्रिय मानवअधिकार आयोगले आज दैलेख सदरमुकाममा आयोजना गरेको छाउपडी समस्या सम्वन्धी नेशनल इन्क्वाइरी कार्यक्रमको लागि आयोगका सदस्य एवं प्रवक्ता अन्सारी दैलेख आउनुभएको हो । कार्यक्रममा प्रभावित क्षेत्र स्थानीय र सरोकारवाला निकायहरुको अन्तरक्रिया हुने बताइएको छ ।

प्रतिक्रिया