चामुण्डामा यस्तो बन्दैछ भ्यू टावर

चामुण्डामा यस्तो बन्दैछ भ्यू टावर

दैलेख – दैलेखको पश्चिम क्षेत्रमा पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिकाले नगरपार्क निर्माण गर्ने भएको छ । नगरपालिकाको वडा नं। ६ को वत्काचौरमा नगर पार्क निर्माण गरिने भएको छ । हिन्दु राष्ट्रको सन्देश दिन यो पार्कको वत्काचौरमा भ्यु टावर राख्ने नगरपालिकाले तयार पारेको डिजाइनमा देख्न सकिन्छ ।

पार्कलाई थप आर्कषण बनाउन भ्यु टावर निर्माण गरिने बताईएको छ । हाल भ्यु टावरको लागि डिजाईन तयार भईसकेको चामुण्डाविन्द्रासैनी नगरपालिका प्राविधिक प्रमुख प्रकाश विक्रम शाहीले जानकारी दिनुभयो । पार्कलाई सुरक्षित बनाउन घेराबार गर्ने काम दु्रत गतिमा भईरहेको प्राविधिक प्रमुख शाहीले बताउनुभयो । नगर पार्क भित्र बन्ने संरचनाहरू नेपाली वास्तुकलामा आधारित हुनेछन् । चामुण्डाविन्द्रासैनी नगरपालिका–६ को बत्काचौरमा करिब १० हेक्टर जमिनलाई घेरबार गरी पार्क बन्न लागेको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सुर्यबहादुर शाहीले बताउनुभयो । उक्त पार्कलाई विभिन्न संरचनाहरु निर्माण हुनेछन । जसमध्य ‘भ्यु टावर’ ‘मनोरञ्जन क्षेत्र’ ‘संस्थागत क्षेत्र’ ‘धार्मिक क्षेत्र’ बनाईनेछ । यस क्षेत्रमा विभिन्न प्रजातिका फूल तथा बोटबिरुवाको बगैंचा, पिकनिक स्थलहरूका साथै मृगस्थली पनि रहनेछन् ।

यस क्षेत्रमा हालै जनसहयोगबाट निर्मित भगवती मन्दिर वरिपरि क्षेत्रको थप विकासको लागि सामुदायिक कार्यहरू सञ्चालन गरिने छ । पार्कको थालनी गत आर्थीक बर्ष बाट सुरु गरिएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा करिब ९ सय मिटरमा घेरवार गर्ने काम सम्पन्न भएको छ । गत आर्थिक वर्ष घेरवारका लागि नगरपालिकाले ४० लाख बजेट विनियोजित गरेको थियो । चालु आर्थिक वर्षमा ३५ लाख बजेट विनियोजित गरेर टेन्डर प्रकृया सुरु भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया