बालमैत्री बन्दै गुरासँ गाउँपालिका

बालमैत्री बन्दै गुरासँ गाउँपालिका

आज पिलाडीलाई बाल मैत्री वडा  घोषणा गरिने ।


दैलेख पुस १२ ।
कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतसँगै सिमा जोडिएको दैलेखको गुरासँ गाउँपालिका बाल मैत्री स्थानीय शासन घोषणाको तयारीमा जुटेको छ । गाउँपालिकालाई बाल मैत्री बनाउनका लागि विभिन्न अभियानहरु संचालन समेत भइरहेका छन् । गाउँपालिकालाई बाल मैत्री घोषणा गर्ने कार्यक्रम अनुरुप आज वडा नंं ६ पिलाडीलाई बाल मैत्री वडा घोषणा गरिनेभएको छ । वृहत कार्यक्रमका विच वडालाई बालमैत्री भएको घोषणा गर्न लागिएको हो । त्यसको लागि सबै तयारी पुरा भइसकेको वडा नम्बर ६ ले जनाएको छ । वडा नम्बर ६ अध्यक्ष हिम बहादुर ओलीले दिएको जानकारी अनुसार बाल मैत्री वडा घोषणाका लागि सबै सुचक पुरा गरिएको र कार्यक्रमको लागि सबै तयारी पुरा भएको छ । कार्यक्रममा गाउँपालिका सिङ्गो परिवार र कर्णाली प्रदेश मुख्यमन्त्रीलाई पनि निमन्त्रणा गरिएको बताए । उनले जिल्ला समन्वय समिति साझेदार संस्था लगायतका सबै नीकायलाई समेत निमन्त्रणा पठाइसकिएको जानकारी दिए ।
गाउँपालिकाको बाल मैत्री वडा घोषणा हुन लागेको वडा नं. ६ पहिलो वडा हो । यसै अनुसार अन्य वडाहरुमा पनि बाल मैत्री वडा घोषणा गर्ने तयारी शुरु गरिएको बताइएको छ । त्यसका लागि गाउँपालिका भित्रका विभिन्न वडामा कार्यरत सामाजिक परिचालक, कर्मचारी र जनप्रतिनीधिहरुलाई दुईदिने अभिमुखिकरण समेत गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरण तथा गुरासँ गाउँपालिकाको आयोजनामा उनिहरुलाई अभिमुखिकरण गरिएको हो । कार्यक्रममा सहभागि सामाजिक परिचालक कृष्णा कुमारी शाहीले तालिममा सिकेका विषयबस्तुहरु व्यवहारमा उतार्ने बताइन् । तालिमको प्रशिक्षणमा बोल्दै बालअधिकारकर्मी रमा भण्डारीले विगतको तुलनामा अहिले सबै क्षेत्र बालमैत्री बन्दै गएको बताइन् ।
गुरासँका अन्य वडालाई बाल मैत्री वडा घोषणाका लागि भौतीक पूर्वाधार लगाएतका बाल मैत्री वडाका संरचना तयार गर्ने अभियानमा लागिपरेको वडा नं. १ का वडाअध्यक्ष नर बहादुर रामजालीले बताए । वडा नम्बर ८ का अध्यक्ष पूर्ण बहादुर ओलीले बाल मैत्री वडा घोषणा गर्न सबै सुचक पुरा भए नभएको बारेमा सम्बन्धीत ठाउँमा अनुगमन गरेर मात्र घोषणा गर्न सुझाव दिए । गुराँस गाउँपालिकालाई यो आर्थिक बर्षभित्र बालमैत्री गाउँपालिका घोषणा गरिसक्ने गुरासँ गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए । त्यसको लागि गाउँपालिका भर अभियान संचालन गर्न लागिएको भन्दै बालबालिकाकालाई हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिता बनाउने प्रतिबद्धता जनाए । अध्यक्ष ओलीका अनुसार गाउँपालिकालाई नै बाल मैत्री बनाउनका लागि यसै बर्षदेखि जीवन सुरक्षा कोष संचालन गरेको बताए । गाउँपालिकाले शिक्षा, स्वास्थ्य लगायतका हरेक क्षेत्रको विकास र नेतृत्व विकासका लागि बालमैत्री गाउँपालिका घोषणा गर्ने बताए ।

प्रतिक्रिया