बृद्धाश्रम हुनुहुँदैन – नगर प्रमुख खड्का

बृद्धाश्रम हुनुहुँदैन – नगर प्रमुख खड्का

दैलेख पुस २३ ।
नारायण नगरपालिका नगरप्रमुख रत्नबहादुर खड्काले जेष्ठ नागरिकहरुको लागि बृद्धाश्रम राख्न नहुने पक्षमा आफू भएको बताएका छन् । जेष्ठ नागरिकहरुसंगको अन्तरक्रिया कार्यक्रममा उहाँले जेष्ठ नागरिहरुलाई घरमै सन्तानहरुले सम्मानपूर्वक पालनपोषण गर्नुपर्ने कानूनको कडाईका साथ पालना गर्न चाहेको प्रष्ट्याए ।
त्यसबखत दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले जेष्ठ नागरिकहरुलाई यातायातमा ५० प्रतिशत भाडा छुट गर्ने, सामाजिक सुरक्षा भत्ता लगायतका सुविधा दिएकोले समाज शिक्षा र सचेतनाका निम्ति सहयोग गर्न आग्रह गरे ।
जेष्ठ नागरिकहरुको कानूनी हक र आफ्ना समस्याहरु दर्शाउने स्थानीय तहका वडापालिका तथा सरोकारवाला निकायसंगको समन्वय विषयमा अधिवक्ता सुरेन्द्र अधिकारीले सहजीकरण गरेका थिए ।
नगरक्षेत्रका झण्डै एक जेष्ठ नागरिकहरुको सहभागिता रहेको कार्यक्रममा नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, जेष्ठ नागरिक समाजका अध्यक्ष बीरबहादुर भण्डारी लगायतले जेष्ठ नागरिकहरुको हित र कल्याण विषयमा बोलेका थिए ।

प्रतिक्रिया