वाणगंगाका ७१२ घरधुरीमा खानेपानी

वाणगंगाका ७१२ घरधुरीमा खानेपानी

पंखबहादुर शाही
दैलेख पुस २५ ।
दैलेखको भैरवी गाउँपालिका–३ वाणगंगामा खानेपानी सुविधा आउँदा स्थानीय हर्र्षित भएका छन् । खानेपानी तत्कालिन बडालम्जी गाउँविकास समितिका दुई वटा वडामा पु¥याईएको हो । जलस्रोत गुरुयोजना अन्र्तरगत ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना र भैरवी गाउँपालिकाको आर्थिक सहयोगमा आयोजना सम्पन्न भएको हो । कुल २७ लाख २५ हजार ४ सय ७५ रुपैयाँको लागतमा खानेपानी योजना सम्पन्न भएको हो ।
वाणगंगा खानेपानी तथा सरसफाई योजनाका अध्यक्ष मोतिलाल अधिकारीका अनुसार खानेपानी योजनाको काम समयमै सम्पन्न भएपनि स्थानीय खुसी भएका छन् । आयोजनाले मुहान देखि करिब १० किलोमिटर पाईप विस्तार गरि १० वटा धारा निर्माण गरेको छ । मुहान रहेको वाणगंगा पुरातात्विक महत्व भने छुट्टै रहेको छ । पवित्र पानी गाउँमा आएपछि स्थानीयले आफुले पाएका धारा बर्षौसम्म टिकाई राख्ने बताए । खानेपानी आयोजनाबाट स्थानीय ७१२ घरधुरी लाभान्वित हुनेछन् ।
खानेपानी आयोजनाको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढा लगाएतले उद्घाटन गरेका छन् । ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना भैरवी गाउँपालिकाका प्रमुख चक्र भण्डारीले फिनल्याण्ड सरकार तथा ईयु, नेपाल सरकार, गाउँपालिका लगाएतको अनुदान रहेकोले निर्माण गरिएका धाराहरु कम्तिमा २० बर्ष सम्म टिकाई राख्न स्थानीयलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया