सिम्ता गाउँपालिकाको हिउदे अधिवेशन सुरुःमहत्वपुर्ण निर्णयहरुमा वृहत छलफल

सिम्ता गाउँपालिकाको हिउदे अधिवेशन सुरुःमहत्वपुर्ण निर्णयहरुमा वृहत छलफल

सुर्खेत सिम्ता गाउँपालिकामा आजबाट हिउँदे अधिवेशनको प्रारम्भ भएको छ । गाउँपालिकाको यो हिउँदे अधिवेशनमा महत्वपुर्ण निर्णय तथा छलफबाट हुने गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सीले जानकारि दिनु भएको छ । कार्यापालिकाको विभिन्न वैठकहरुबाट भए हुने गरेका निर्णयहरुलाई सभाले अनुमोदन गरेको छ । गाउँपालिकाको केन्द्रको लागि पातचौरमा रहेको १ सय ४६ रोपनी जग्गा समेत गाउँपालिकाको नाममा दर्ता गर्ने प्रक्रिया अगाडि वढाउने निर्णय गरिएको छ । साथै गाउँपालिकाको १५ लाख भन्दा माथिका गौरवका योजनाहरु टेन्डरबाट सञ्चालन गर्ने र बाँकी अन्य १५ लाख तलका योजनाहरुको काम छिटो अघि वढाउने समेत वताएको छ । आज नै आर्थिक ऐनलाई संसोधन विध्येकका रुपमा प्रस्तुत गरिएको छ । गाउँपालिकाको यो हिउँदे अधिवेसनले ६ महिना भित्र भए गरेका कार्य प्रगति र योजना निमार्ण,अर्धवार्षिक समिक्षा समेत हुने जनाएको छ । कार्यापालिकाबाट भएका निर्णयहरुको समेत सभाले वृहत छलफ गरेर अनुमोदन गर्ने र स्वामित्व ग्रहण गर्ने जनाएको छ । यो हिउदे अधिवेशसन ७ दिन सम्म चल्ने अध्यक्ष के.सीको भनाई छ ।

प्रतिक्रिया